site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आहा ! ती हिमाल !!
Sarbottam CementSarbottam Cement

– पदम भट्टराई


अंग्रेजीमा एउटा भनाइ छ, “ट्राभलिङ इज अ ग्रेट फम अफ लर्निङ’ । अर्थात् भ्रमण सिकाइको सबैभन्दा प्रभावकारी माध्यम हो । हो, यही भनाइले मलाई नयाँ ठाउँ भ्रमण गर्न र नयाँ–नयाँ ठाउँको जानकारी खोतल्न जहिल्यै उकास्छ ।

स्वभावैले भ्रमण मेरो रुचिको विषय हो । केही वर्षयता जागिरबाट मिल्ने फुर्सदलाई सदुपयोग गर्नका लागि सबैभन्दा राम्रो विकल्प नै भ्रमण बनेको छ । कहिले रारा ताल त कहिले इलाम, धनकुटा, पोखरा, सौराह बिदा सदुपयोग गरेका पछिल्ला ठाउँ हुन् । पेशाले सरकारी जागिरे, गत वर्षदेखि राजधानीबाट प्रदेशमा आएपछि बिदा मिलाउनै गाह्रो । त्यसमाथि दशैं शुरु हुने दिनमा सरकारी कामको चाप बढेको बढ्यै । कहिले काम सकिएला र भ्रमणका लागि ब्याग प्याक गरौं भन्ने हुटहुटी पनि छँदै थियो । दशैंको बिदामा कतै न कतै घुम्न जाने महिनादिन पहिलेको योजनालाई मूर्तरूप दिन गाह्रो परेको थियो । योजना तुहिएकोमा मनमा खिन्नता त थियो नै तर व्यस्तताका अगाडि कसैको जोर चलेन । यसैबीच तिहारको साता दिनअगाडिको एक शुक्रबार काठमाडौंबाट साथी कमल (वस्नेत)ले फोन गरेर ‘लौ, गइहालौं’ भनेर उक्काइहाल्यो । मेरो मन पनि रोटीझैं पुलुक्क उस्कियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तिहारअगाडिको तीन दिन बिदा । त्यसअघि दुई दिन कार्यालयबाट बिदा लिएर भए पनि घान्द्रुक जाने योजना फोनबाट सुनिसकेपछि म पनि त्यसैको तयारीमा लागें । हामी दुई जनाको योजनामा साथ दियो– काठमाडौंबाटै अर्काे साथी दीपेन्द्रले ।

यात्रामा निस्कनुअघि कार्यालयको काम समयमै सक्नु थियो । लगाउनु पर्ने जिम्मा पनि लगाउनु थियो । बेफुर्सदिला दैनिकीलाई केही पर धकेल्नु थियो । शुक्रबार यात्रामा निस्किने कन्फर्म थिएन— आजै वा भोलि भन्ने । शुक्रबार ४ बजेसम्म काम हुने भए पनि म ६ बजेसम्म बस्नुपर्ने भयो । यसैले बसको टिकट काट्ने कुरै भएन । यस्तै साढे २ बजेतिर कमलको अर्काे फोन आयो, “आज कि भोलि ?”

Global Ime bank

‘पख, म ५ मिनेटपछि निर्णय दिन्छु’ भनी फोन काटें । मेरो अनिर्णयको घेराबन्दीमा कमल र दीपेन्द्र दुवै परे । अनि मनमनै गमें, “आज नाइटबसमा पोखरा हिँडियो भने भोलि त उताको बाटो सोझिहाल्छ ।”

अनि कमललाई फोन गरेर भनें, “मलाई बसको कुनै समस्या छैन । जति पाउँछ, तिमीहरू टिकट काटेर आऊ ।”

म रातको खाना खाइवरी ८ बजे नवलपरासीदेखि मुग्लिङको बस चढें । काठमाडौंबाट हिँडेका साथीहरू अझै कलंकी कटेका थिएनन् ।

उनीहरू मुग्लिन आइपुग्ने र म त्यही बसमा पोखरा जाने योजनामुताविक यात्रा तय भएको थियो । म मुग्लिन पुग्दा घडीले रातको १२ बजाइसकेको थियो । उनीहरू भने अझै मलेखु पुगेका थिएनन् । मध्यरातमा चिसो हावा खाँदै दुई घण्टा बिताउँदै गर्दा बल्ल बस मुग्लिन आइपुग्यो ।

कमल कल गर्दै बसबाट झरेर लिन आयो । उता दीपेन्द्र भने मस्त भुस परेको । बस अगाडि बढ्यो । बिहान साढे ५ बजेतिर पोखरा पुगियो । योजनाअनुसार हामीलाई घान्द्रुकको यात्रा गर्नु थियो । घान्द्रुक–पुनहिल पदमार्ग विश्वकै प्रख्यात पदमार्ग हो । मनोरम हिमाली दृश्य, गुरुङ संस्कृति, विभिन्न चराचुरुंगी, जीवजन्तुको मजा लिँदै यात्रा गर्नुको रोमाञ्चकता इन्टरनेटमा पाइने विभिन्न लेखबाट पाइसकेको थिएँ ।

\"\"

बिहानको समय, ५ सय मिटरको दूरी हिँडेरै बसपार्क जाने निर्णय गरी कमल अनि म लाग्यौं । त्यत्तिकैमा दीपेन्द्रले ‘म हिँड्न सक्दिनँ, बरु काठमाडौं जान्छु’ भनी जिद्दी गर्‍यो । नयाँपुलदेखि घान्द्रुकसम्म पदयात्रा गर्ने योजनामा दीपेन्द्रको जिद्दीले ठेस पु¥याएपछि कमल रिसायो । उता दीपेन्द्रको आफ्नै किचकिच । दुवैलाई सम्झाउँदै र बहस गर्दै बसपार्क आइपुगियो ।

खासमा दीपेन्द्रलाई पैदल हिँड्नुपर्छ भन्ने मानसिकता नै रहेनछ । उसले पछि बतायो । हामी बाग्लुङ बसपार्कबाट घान्द्रुक जाने बसमा चढ्यौं । करिब साढे ६ भएको थियो, बस गुड्यो । हामी ८ बजे नयाँपुल पुग्यौं । त्यहाँ पुगेपछि कमलले मन बदल्यो, “हामी गाडीमा हैन, हिँड्दै जाऊँ, पदयात्रा नि हुन्छ । हामी पदयात्रामा पो आएको त ।” उसले अड्डी कस्यो ।

दीपेन्द्रले फेरि मानेन । खासमा मैले पनि रुचि देखाएको त होइन । गुड्न ठिक्क परेको गाडी रोकेर कमल जबर्जस्ती ओर्लिएपछि हामी दुबै जना पनि ओर्लन बाध्य भयौं । र, पाइला अगाडि बढायौं । हाम्रो पदयात्रा शुरु भयो ।

हिँडेर जाने त भइयो, दीपेन्द्रले अर्काे समस्या तेस्र्यायो । काँधबाट झोला भुइँमा राख्दै भन्यो, “केही सामान बोक्ने भएमात्रै जान्छु, नत्र गाडी नै ठीक छ ।”

उपाय नलागेपछि कमलले केही सामान बोक्ने भयो । जेहोस्, १५ मिनेटको बहसपछि यात्रा शुरु भयो ।

हामीले यात्रा तय गर्‍यौं— मोदी खोलाको किनारबाट । मोदी खोलालाई विपरीत पार्दै हामी त्यसैको मुहानतिर उकालो लाग्यौं । हिँड्ने त भनियो, शुरु पनि गरियो तर यात्रा कसरी कट्ने हो भन्ने चिन्ता उब्जिन थाल्यो ।

हामी कसैलाई पनि थाहा थिएन— यात्रा कति लामो हुनेछ र कस्तो हुनेछ । बस् यत्ति थाहा थियो— जे हुनेछ, रमाइलो हुनेछ । एउटा अनुभव हुनेछ । घान्द्रुकबाट फर्कंदै गरेका पदयात्रीसँग दूरी र समय सोध्दै उकालो उक्लिदै थियौं । कतिले ७ घण्टा भन्थे, कतिले ८ घन्टा ।

नयाँपुलदेखि शुरु भएको हाम्रो यात्रा किम्चे पुग्दासम्म उति गाह्रो भएन । जब किम्चे पुगेर खाना खायौं अनि उकालो चढ्न गाह्रो । ढुंगैढुंगाले छापिएका सडक । चोक तथा घरका छानासमेत ढुंगाले छाएका । आहा !! नेपाली कलाकृतिबाट सुसज्जित घरहरूले मन त्यसै लोभ्याएका रहेनछन् । ती ढुंगाका खुड्किला पार गर्दै हामी ४ बजे घान्द्रुक पुग्यौं । होटल पोखराबाटै बुक गरेकाले हामीलाई बाटोमै पनि फोन आएको थियो । हामी किसन गुरुङको ‘गुरुङ कटेज’मा बास बस्यौं । गुरुङको कटेज र उहाँको आतिथ्यताले घान्द्रुकको त्यो चिसो मौसममा न्यानोपन ल्यायो । गुरुङ समुदायको बसोबास भएको एक सुन्दर गाउँ, जुन समुद्री सतहबाट २०१२ मिटर उचाइमा छ । विषेशगरी अन्नपूर्ण ट्रेकका लागि उत्कृष्ट यो ठाउँबाट अन्नपूर्ण र माछापुच्छ«े हिमाललाई नजिकबाट नियाल्न सकिने रहेछ ।

अफिसको दैनिकी, शहरको कोलाहल, धूलो, धूवाँ, अव्यवस्थित जीवनशैलीबाट वाक्क मेरा लागि त्यो समय बढो रमाइलो र फलदायी थियो नै । तर, थकाइ पनि उत्तिकै लागेकाले साँझ घुम्न निस्किएनौं । भोलि दिनभर घान्द्रुक घुम्ने योजना भएकाले पनि ननिस्किएका हौं । इन्टरनेट र विभिन्न सामाजिक सञ्जालमा घान्द्रुकका तस्बिर र मनोरम दृश्यले मन लोभिएको थियो मेरो । कहिले पुगूँला र मज्जा लिऊँला भन्ने वर्षाैंको योजना आज साकार हुँदा मनमा छुट्टै उत्साह र आनन्द सञ्चार भइरहेको थियो ।

\"\"अर्काे दिन घान्द्रुकबाट अन्नपूर्ण र माछापुच्छ«ेमा पर्ने सूर्याेदयको दृश्य हेर्नु मूल उद्देश्य थियो । कमल बिहानै उठ्यो । म अलि ढिलो भएँ । सूर्यको पहिलो किरण पर्दाको त्यो दृश्य गुमाएँ । अहिले पछुतो लाग्छ । तर, पनि पूरै सूर्याेदयको दृश्यावलोकन गर्नमा मस्त रहँदै केही तस्बिर कैद गर्दैगर्दा एक्कासि पुनहिल जाने प्रस्ताव राख्यो कमलले ।

मैले केही सोच्दै नसोची ‘हुन्छ’ भनिदिएँ । अब पुनहिल घान्द्रुक आएजस्तो त पक्कै छैन । सबै त्यस्तै भन्थे । विदेशी पर्यटकको दुई दिनको पदयात्रा हो भन्थे कोही–कोही । दीपेन्द्र अन्कनाउँदै थियो । मैले भनें, “हैन, हिँडेपछि पुगिन्छ, बरु खाजा छिटो खाएर जाऊँ । आज घोरेपानी बास बस्न जाने, अर्काे दिन पुनहिलको डाँडोमा ।”

कमल निकै खुशी देखियो । ट्रेकिङ भनेपछि दुवैलाई मनपर्ने । घान्द्रुक हुँदै पुनहिलसम्मको ट्रेक जाने अर्काे योजना साकार हुँदा हामी दुवै पुलकित भयौं ।

घान्द्रुकमा बे्रकफास्ट खाँदै बदलिएको योजना अन्ततः साकार भयो । दीपेन्द्रलाई मनाउनु थियो, मनाइयो । अनि हामीले घोरेपानीको यात्रा तय गर्‍यौं । यात्राका क्रममा आफूले आफैंलाई प्रतिविम्बित गर्न धेरै समय मिल्छ । बाल्यकालमा भएका रमाइला किस्सा एक–अर्कालाई शेयर गर्दै यात्रा गर्नुको मज्जा बेग्लै हुन्छ । घना लालीगुँरासको जंगल हुँदै हामी भैंसीखर्क पुग्यौं र केहीबेर सुस्तायौं ।

लालीगुँरासका फूल हेर्दै ट्रेकिङ गर्नका लागि चैत–वैशाखमा आउनुपर्ने महसुस गर्दै एक घण्टाको उकालो चढेपछि हामी टाढापानी पुग्यौं । २६३० मिटरको उचाइमा रहेको यो ठाउँबाट देखिने अन्नपूर्ण र माछापुच्छ«ेको त्यो मनमोहक दृश्य यहाँ वर्णन गर्न सकिँदैन । साह्रै आनन्ददायक दृश्य थियो त्यो । हिमालहरू बादलसँग लुकामारी खेल्दै थिए । यहाँबाट वास्तवमै माछापुच्छ«े माछापुच्छ«े नै देखिँदो रहेछ ।

हल्का भोक लागेकाले झोलामा भएका केही फास्टफुड झिकेर टाढापानीबाट ओरालो झर्‍यौं । दुई घण्टाको ओरालो झरेपछि फेरि वनठाँटीको उकालो लाग्यौं । उकालो साह्रै थियो । कमललाई उकालो होस् वा ओरालो— कतै पनि भेट्न नसकिने । ‘जनावरलाई पछाडिबाट खेद्नुपर्छ, मान्छेलाई चाहिँ अगाडिबाट’ भन्दै ऊ सधैं हामीभन्दा अगाडि हिँडिरह्यो ।

कमल उकालो सकाएर थकाइ मार्ने बेलामा म पुग्थें । त्यसको १० मिनेटपछि दीपेन्द्र लखतरान हुँदै आइपुथ्यो । रमाइलो त के भने हामीलाई पछ्याएर भेट्नेबित्तिकै दीपेन्द्रले भोक लाग्यो भन्थ्यो । हामी झोलामा बोकेका बिस्कुट दिँदै अगाडि बढ्थ्यौं । दीपेन्द्र होटल देख्यो कि ‘भात खाइहालुम्, अनि जाम्ला’ भन्थ्यो ।

वीरेठाँटीदेखि देउरालीसम्म जंगलको अप्ठ्यारो उकालो, त्यसमाथि भातले भरिएको पेट बोकी उक्लन सक्ने कुरै भएन । त्यसैले जति भोक लागे पनि देउराली नै पुगेर खाने हाम्रो योजना बन्यो । यो योजनालाई दीपेन्द्रले मन नलागी–नलागी स्वीका¥यो र उकालोमा हामीलाई पछ्यायो ।

\"\"पत्रयात्राको समय भएर पनि होला– नेपालीभन्दा विदेशी पर्यटकको आवागमन बढी थियो । केही गाइडले ‘बाटो उल्टो प¥यो’ भन्दै थिए । ट्रेकिङको समय भएर पनि होला— रुट एकदमै व्यस्त थियो । बाटोमा भेटिने पर्यटकहरू सबैले मुसुक्क हाँसेर ‘नमस्ते’ चाहिँ भनिहाल्थे । उनीहरूसँग हाई–हेल्लो गर्दै लगातार ४ घण्टाको उकालोपछि हामी देउराली पुग्यौं— ३ बजेतिर । त्यस दिनको बिहानको खाना बल्ल खायौं । त्यसपछि घोरेपानीको बाटो तय गर्‍यौं । बाटो तेर्साे भएको र खाना पनि खाएको हुनाले यात्रा सहज हुँदै गयो । हामी बीच बाटोमा मनलाग्दी फोटो, भिडियो खिच्दै र पुराना लोकपप गीत गुन्गुनाउँदै साँझ ६ बजे घोरेपानी पुग्यौं । 

होटल पहिल्यै बुक गरेकाले सीधै कोठामा गई आराम गर्‍यौं । जुनेली रात भएकोले जूनको उज्यालोमा अन्नपूर्ण साह्रै मनमोहन देखिएको थियो । घोरेपानीको मौसम चिसो । अर्काे दिन बिहान ४ बजे नै घोरेपानीबाट पुनहिलमा सूर्याेदय हेर्न हिँड्नुपर्ने भएकाले छिट्टै सुत्यौं । अर्काे दिन बिहान ४ बजे नै उठें म । त्यसपछि कमल अनि मात्र दीपेन्द्र । बिहान पुनहिलको यात्रा कठिन लाग्यो । अघिल्लो दिनको ९ घण्टे यात्रा अनि बिहानै फेरि त्यस्तै यात्रा गर्दा पुनहिलको उकालोमा खुट्टा फतक्कै गले ।

तर, सूर्याेदयको त्यो रोमाञ्चक दृश्यका लागि आँखा र मन उतै थिए । गोडा भने अगाडि चल्न मानिरहेका थिएनन् । स्वाँऽऽस्वाँऽऽ गर्दै ढुंगाले छापेका खुड्किला उक्लिएर ६ बजे पुनहिल पुग्यौं । पुनहिल पुग्ने ६ जनामा हामी दोस्रो टोली थियौं । हामीभन्दा अघि ३ जनाको टोली पुगिसकेको थियो । पुनहिल पुग्दा ठूलो भ्युटावर देखियो ।

सूर्याेदयको समय ६ः२० थियो । त्यस्तो चिसोमा कसरी बिताउने ? नजिकैको हिमालबाट आएको त्यो बतास अनि त्यो चिसो मौसम । धन्न ज्यानले थेग्यो । धौलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ«ेमा सूर्याेदयको किरणका तस्बिर कैद गर्न सबैका क्यामेराका लेन्स उतरतर्फ सोझिएका थिए । साथी कमल र दीपेन्द्रले पनि क्यामेरा उतै सोझ्याए । म भने एक क्लिक भन्दै उनीहरूलाई तस्बिर खिच्न लगाउँदै थिएँ । बिस्तारै पूर्वबाट सूर्यले चिहाउन थाल्यो । सूर्यको पहेंलो किरण सेता हिमालमा पर्दा हिमालका चुचुरा बिस्तारै पहेंलिन थाले । बढो गज्जबका देखिएका थिए, सुनको लेपन लगाएझैं । साँच्चिकै गोल्ड । मौसम सफा भएकाले त्यो अलौकिक दृश्य क्यामेरामा कैद ग¥यौं । पृष्ठभूमिमा तिनै हिमाललाई राखेर आफ्ना तस्बिर पनि खिच्यौं । रारा पुग्दा जति आनन्द आएको थियो, त्यस्तै आनन्द भयो यहाँ पनि । छुट्टै संसारमा आएको जस्तो । हिजो, अस्ति अनि भर्खर पुनहिलको उकालो चढ्दा लागेको थकाइ सबै ती दृश्यले निलिदिए ।

जतिसक्दो छिटो गरेर पोखरा पुगी पोखरासमेत घुमघाम गर्ने हाम्रो योजना थियो । हाम्रो यात्रा पुनहिलबाट घोरेपानी हुँदै उल्लेरीसम्मको थियो । ढुंगैढुंगाको बाटो लगातार ओर्लंदै उल्लेरीको ओरालो झ¥यौं । दुई दिनको उल्लेरी–घोरेपानीको पदयात्रामा ओरालो झर्दै गर्दा घान्द्रुकको बाटो हुँदै पुनहिल आएको ठीकै भएछ भन्ने लाग्यो । जिप चढेर नयाँपुल पुग्यौं र खाना खायौं ।

घान्द्रुकका लागि हिँडेका हामीले ख्यालख्यालैमा पुनहिलसम्मको यात्रा तय गर्‍यौं । बढो गज्जबले ती तीन दिन बिताइयो । रोमाञ्चक पदयात्रा थियो । छिटफुट नेपालीबाहेक विदेशी हिँड्ने त्यो पदयात्रामा आफू पनि संलग्न हुँदा बढो खुशी लागेको थियो । रमाउँदै पोखरा आइपुग्यौं । पोखराको न्यानो पानीमा नुहाएपछि ‘बिजी बी’को रंगीन रमाइलोतिर छिर्‍यौं ।

जीवन यात्रा हो र यात्रा नै जीवन हो । अर्काे पदयात्रा सँगै गर्ने गरी तिहारको रमाइलो छोप्न आ–आफ्नो गन्तव्यतिर लाग्यौं ।

\"\"

(लेखक प्रदेश नं. ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत छन्)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC