site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बाह्रखरी कर्पोरेट गल्फमा आत्मारामलाई सुनको गल्फ बल
Sarbottam CementSarbottam Cement

काठमाडौँ । बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको दोस्रो संस्करण आत्माराम सिम्खडाले जितेका छन् । ७२ पारको गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा उनले ४१ अंक स्कोर गरेका थिए । 

नेपालका विभिन्न व्यावसायिक प्रतिष्ठान, कुटनीतिक व्यक्तित्वहरुका साथै आमन्त्रित विदेशी पाहुना खेलाडी गरी १ सय शौखिन गल्फरको सहभागी प्रतियोगिताको विजेता आत्मारामले सुनको गल्फ बल र माउन्टेन फ्लाइट टिकट जितेका छन् ।  

स्टेबलफोर्ड पद्दतिअनुसार ३/४ ह्यान्डीक्यापमा खेलाइएको प्रतियोगिता १८ होलमा प्रतिस्पर्धा भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा बेस्ट ग्रसको उपाधी विजय श्रेष्ठ आइनहाउसले जिते । उनले काठमाडौं दुबईको एक थान दुईतर्फी हवाई टिकट पुरस्कार जिते । प्रतियोगिताको उपविजेता भारत बस्ताकोटीले ४० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पुरस्कार जिते ।  

महिलातर्फको उपाधी प्रतिमा शेर्पाले जितिन् भने सिनियरतर्फ मेजर जनरल महेशबिक्रम कार्की  विजयी भए । दुबैतर्फको  विजेताले जनही ३० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पुरस्कार जिते । 

Global Ime bank

\"\"

त्यसैगरी मोस्ट बर्डीजको उपाधी पनि विजय श्रेष्ठ आइनहाउसले नै जिते । उनले २० हजार रुपैयाँ बराबरको गिफ्ट भैचर पुरस्कार प्राप्त गरेका छन् । क्लोजेस्ट टु दी पिनको उपाधी  ध्रुव थापाले जिते भने लङगेस्ट ड्राइभको उपाधी मिथुन राईले जिते । सबैले जनही २० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर पुरस्कार जिते । जुनियरतर्फ श्याम डुब्लार्ड विजयी भए । उनले माउन्टेन फ्लाइटको एक थान टिकट पुरस्कार जिते । 

\"\"

प्रतियोगितामा कसैले होल इन वान गर्न सकेनन् । १०औं होलमा होल इन वान गर्ने खेलाडीले टाटाको टिगोर एक्सई कार पुरस्कार राखिएको थियो ।\"\"

प्रतियोगिताको मुख्य प्रायोजन जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजको वार्सटेइनर बियर रहेको थियो । अर्को मुख्य  प्रायोजक टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्र्डिङ हो भने बैंकिक पार्टनर प्रभु बैंक, इन्स्योरेन्स पार्टनर एजोर्ड इन्स्योरेन्स कम्पनी र फेसन पार्टनर रोस्सो ब्रुनेल्लो र एयरलाइन्स पार्टनर यती एयरलाइन्स रहेका थिए ।\"\"

\"\"

\"\"

\"\"

\"\" \"\"

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC