site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रन्जित धिमालको निर्णायक गोलमा थ्रिस्टार विजयी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रन्जित धिमालको निर्णायक गोलमा थ्रिस्टार क्लबले मछिन्द्रमाथि १–० को नतिजा निकाल्दै सहिद स्मारक ए डिभिजन लिगमा सातौं जित दर्ता गरेको छ । थ्रिस्टारको जितमा ११ औं मिनेटमा रन्जितले गरेको एकमात्र गोल पर्याप्त बन्यो । 

हलचोकस्थित सशस्त्रको खेल मैदानमा ११ औं मिनेट जाँदा मछिन्द्रका खेलाडी अन्जन देबकोटाले फाउल गरेपछि रेफ्री प्रज्वल  प्रज्वल क्षेत्रीले थ्रिस्टारलाई पेनाल्टीको अवसर दिएका थिए । जसलाई रन्जितले सदुपयोग गरे । यो सँगै लिगमा रन्जितको गोल संख्या ७ पुगेको छ । मनाङका अज्जन बिष्टको नाममा ५ गोल छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय खेलाडी प्रेरित थ्रिस्टारले बाँकी समय अवसर सृजना गरेपनि मछिन्द्रका गोलकिपर दीप कार्कीले बिफल पारे । २१ औं मिनेटमासुनिल बलको कर्नरमा रञ्जन विष्टको हेड र २८ औं मिनेटमा अनिल गुरुङको हेड गोलकिपर कार्कीले रोकेका थिए । बाँकी समय थ्रिस्टारले आक्रमक खेलेपनि मछिन्द्रका रक्षकले उत्कृष्ट बचाउ गरे । जितसँगै थ्रिस्टार २१ अंकका साथ शीर्षस्थानमा रहेको मनाङलाई पछाइरहेको छ । मनाङसँग पराजय भोगे यता थ्रिस्टार सुखद नतिजामा छ । मछिन्द्रले भने जितबिहिन यात्रा तोड्न सकेको छैन् । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC