site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
क्यान्भासमा बौद्धनाथ
Sarbottam CementSarbottam Cement

काठमाडौं । चित्रकारको एउटा फेसबुक समूहमा काठमाडौँको बौद्ध, सुनाकोठी, साँखु, शङ्खमुल र डोलेश्वरका लागि कुन ठाउँमा चित्रकला कार्यशाला गर्ने भनेर बिहीबार मतदान खुला गरेका थिए । शनिबारस्तरीय चित्रकला कार्यशालाका अभियानकर्मीले मदतान खुला गर्ने बित्तिकै अमेरिकाकी मेरी लोक्सडनले फेसबुककै माध्यमबाट बौद्धनाथमा मत खसालिन् । उनीसहित बौद्धका लागि सर्वाधिक मत खस्यो । त्यसपछि आज चित्रकारहरु बौद्धनाथ स्तुपामा पुगेर धार्मिक तथा ऐतिहासिक दृश्यलाई क्यान्भासमा उतारे । 

मेरीले बौद्धनाथ चैत्य (स्तुपा) मा पुगेर वरिपरिका सुन्दर घरसहितका दृश्य एक्रेलिक र जलरङ्गले दुरुस्त बनाए । “साह्रै सुन्दर र शान्तिपूर्ण ठाउँ यहाँ चित्र कोर्न पाउँदा धेरै खुशी छु”, क्यान्भासमा रङ्ग लत्पतिएको कुची चलाउँदै मेरीको संक्षिप्त प्रतिक्रिया थियो । 

उनी व्यावसायिक चित्रकार भने होइन । चित्र कोर्नु उनको रुचि हो । तर पनि अन्य व्यावसायिक चित्रकारभन्दा कमजोर चित्र उनको थिएन । मेरी नजिकै भक्तपुरकी सरिता चित्रकारले बौद्धनाथको सानो स्तुपाको चित्र कोरिन् । पटकपटक मेट्दै र चित्र कोर्दै गर्दा उनलाई चित्रकार दिवेश प्रधानले बेलाबेलामा सिकाए । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्को छेउमा बसेका सूर्यमान सुवाल र राधेश्याम कर्माचार्यले फरक कोणबाट बौद्धस्तुपालाई कैद गरे । अभियानकर्मी दिवेश प्रधानले पनि बौद्धनाथ चैत्यलाई नै केन्द्रविन्दुमा राखेर क्षितिजसहितको सुन्दर चित्र क्यान्भासमा उतारे । 

चित्र बनाउँदै गर्दा बौद्ध स्तुपा आइपुगेका स्वदेशी र विदेशी चित्रकारले चाखपूर्वक हेरेका थिए । मजदुरहरु स्तुपाको रङ्गरोगनमा व्यस्त थिए । कतिपयले कति सुन्दर चित्र बनाएको भन्दै प्रशंसा पनि गरेका थिए । 

Global Ime bank

“लिच्छवीकालीन संरचना आफैँमा बौद्धनाथको महत्व छ”, प्रधानले भने, “चित्रमार्फत हाम्रा कलाकौशल र धार्मिक धरोहरलाई प्रवद्र्धन र संवद्धर्न गर्नु कलाकारको दायित्व हो, हामीले हरेक शनिबार यही गरिरहेका छौँ ।” 

कलाकारका चित्रमा बौद्ध स्तुपाको गजुरदेखि पेटीसम्मका भाग दुरुस्त देखिन्थ्यो । हर्मिका (आँखा भाग), सुखावती मार्ग, कुण्डगर्भ, त्रयोदश भुवन (तेह्र तह) छत्रावतीलाई चित्रकारले क्यानभासमा कैद गरेका थिए । विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ चैत्य नेपालको प्राचीन र ठूलो चैत्यको रूपमा चिनिन्छ । 

भाषा वंशावलीका अनुसार बौद्धनाथलाई खास्व चैत्य भनिन्छ । राजा मानदेवले पितृहत्याबाट पापमोचनका लागि बनाएको भन्ने कथा छ । अर्को वंशावलीमा लिच्छवी राजा शिवदेवले बनाएको भन्ने उल्लेख छ । बौद्धमार्गी मात्रै नभई विभिन्न धर्मावलम्बीका लागि आकर्षक गन्तव्य भएको बौद्धनाथका चित्रले पर्यटन प्रवद्र्धनका सकारात्मक सन्देश जाने चित्रकार प्रधान बताउँछन् ।  

उनीहरुको समूहले तेह्र हप्तादेखि हरेक शनिबार ऐतिहासिक क्षेत्रमा गएर दृश्य चित्र बनाउँदै आएका छन् । फेसबुकबाट शुरु भएको अभियान अहिले जिल्लाजिल्लामा समेत शुरु भएको बताउँछन् अर्का अभियानकर्मी राकेशचन्द्र श्रेष्ठ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC