site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भीआरमार्फत महिला दुर्व्यवहार न्यूनिकरण गर्ने अनौठो तरिका ! 
Sarbottam CementSarbottam Cement

एजेन्सी । के भर्चुअल रियालिटी अर्थात भीआरले पुरुषहरुलाई महिलामाथिको दुर्व्यवहार अन्त्य गर्न सिकाउन सक्छ ? ‘भेन्टेज पोइन्ट’ नामक एउटा कम्पनीले महिला हिंसा रोक्न निकै अनौठो उपाय निकालेको छ ।

यस अन्तर्गत पुरुषले महिलामाथि गर्ने अनुचित व्यवहार तिनीहरुलाई नै नजिकबाट देखाइने गरिएको छ । भीआरमा देखाइने यी दृश्य अफिसमा हुने गरेका साँचो घटनामै आधारित हुने गर्दछन् । यसरी नजिकबाट सो घटना अवलोकन गर्र्दैगर्दा पुरुषहरुले आफ्ना गल्ती देख्ने र कस्तो व्यवहार गर्न नहुने भन्ने थाहा पाउन सक्ने कम्पनीकी संस्थापक मोर्गान मर्सरको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार अधिकांश पुरुषहरुले यौन दुर्व्यवहार सहनुपर्दा कस्तो महसुस हुन्छ भन्ने बुझेकै हुँदैनन् । यस्तोमा शुक्रबार मात्र ग्राहक विश्लेषण फर्मको एउटा टोलीलाई यो प्रशिक्षण दिइएको हो । जसमा सहभागी व्यक्तिले भनेका छन्, “एकजना पुरुष महिलाको धेरै नजिक बसिरहेका थिए जसले मलाई नै असहज महसुस गरायो । साथै ती महिलाले सो पुरुषका कमेन्टहरुमा दिएको प्रतिक्रियाले पनि एकदमै नराम्रो भाव प्रष्ट पारिरहेको थियो । त्यसबाट धेरै संकेत पाउन सकिँदो रहेछ ।”

यसरी पछिल्लो समय गुगल र पिडब्लुसी जस्ता ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई यो प्रविधिमार्फत प्रशिक्षण दिनमा चासो देखाइरहेका छन् । यसकारण पनि यो प्रविधिले वास्तवमै पुरुषहरुलाई यौन दुव्र्यवहारका रुपमा लिइने किसिमका बानी हटाउन मद्दत गर्ने मोर्गानले अपेक्षा गरेकी छन् । द इकोनोमिस्ट
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC