site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सतर्क हुनुस् –जहाज चढ्दा यस्तो पनि हुन्छ ! 
Sarbottam CementSarbottam Cement

वाशिङटन । अमेरिकाको एक अदालतले एक जना भारतीय इन्जिनियरलाई ९ वर्षको जेल सजाय सुनाएको छ । ती इन्जिनियरलाई जहाजमा आफ्नो छेऊमा बसेकी महिलालाई यौन दुर्व्यवहार गरेकोमा दोषी ठहर गर्दै सो सजाय सुनाइएको हो ।

यसैवर्ष (सन् २०१८) को जनवरी महिनामा भएको घटनालाई लिएर अहिले अदालतले फैसला गरेको हो । ३४ वर्षीय प्रभु राममूर्ति जहाजमा आफनी पत्नी र पीडित महिलाको बीचमा बसेका थिए । पीडित महिलाको भनाईअनुसार घटना भएको बेलामा उनी सुतिरहेकी थिइन् । जब उनी सुतेर उठिन् त्यतिबेला उनको सर्ट र पाइन्टको बटन खुलेको थियो र राममूर्तिको हात उनको पाइन्टमा थियो । अमेरिकी अदालतले जनाएअनुसार सजाय पूरा भएपछि राममूर्तिलाई भारत फिर्ता गरिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

डेट्रायट फ्रि प्रेसका अनुसार अभियोजनको पक्षले अदालतमा ११ वर्षको जेल सजाय हुनुपर्ने दाबी गरेपनि अदालतले दुई वर्ष घटाएर सजाय सुनाएको हो ।  आफ्नो फैसलामा न्यायाधीश टेरेन्स बर्गले घटनालाई गम्भीर अपराध बताउँदै ९ वर्षको सजाय पर्याप्त हुने जनाएका छन् । राममूर्तिले प्रहरीसँग प्रतिवाद गर्दै आफू पनि सो समयमा सुतिरहेको र त्यस्तो घटना नभएको बताएका थिए । 

मिचिगनको संघीय अदालतमा यस सम्बन्धी मुद्दा पेस हुनासाथै राममूर्तिलाई जेलमा राखिएको थियो । अभियोजकले उनलाई धरौटीको सुविधा दिइए भाग्न सक्ने भएकोले त्यस्तो सुविधा नदिन जिकीर गरेका थिए । राममूर्ति विरुद्ध यौन हमलाको आरोप लगाइएको थियो । पीडित महिलाले विमानबाट उत्रनुभन्दा केही अघि नै फ्लाइट क्रूलाई घटनाको बारेमा जानकारी दिएकी थिइन् ।

Global Ime bank

राममूर्तिकी पत्नीले चाहिँ पीडित भनिएकी ती महिला आफ्ना पतिको घुँडामा टाउको राखेर सुतिरहेको बताएकी छन् । त्यसैले उनले फ्लाइट क्रुलाई अर्कै सिटमा सारिदिन पनि आग्रह गरेकी थिइन् । तर, क्रूका सदस्यले जाँच अधिकारीलाई दिएको बयानमा पीडित महिलाले मात्रै सीट बदल्न आग्रह गरेको बताएका थिए ।

क्रू सदस्यले जनाएअनुसार जब पीडितले घटनाबारेमा जानकारी गराएकी थिइन् उनी रोइरहेकी थिइन् । त्यतिबेला उनको सर्टको बटमपनि खुल्लै थियो । त्यसपछि पीडित महिलालाई जहाजको पछाडिको भागमा सिट व्यवस्था गरिएको थियो । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC