site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजापाक्षेको राजीनामा, समाधान होला श्रीलंका सत्ता संघर्ष ?
Ghorahi CementGhorahi Cement

कोलम्बो । दक्षिण एशियाली मुलुक श्रीलंकामा केही साताअघि देखि जारी राजनीतिक गतिरोध निकासको नजिक पुगेको छ । श्रीलंकामा करिब सात हप्ताको समय एकैपटक दुई प्रधानमन्त्री अस्तित्वमा रहेकोमा नयाँ प्रधानमन्त्री महिन्द्रा राजपाक्षेले शनिबार पदबाट राजीनामा दिएपछि गतिरोध अब भने अन्त्यको चरणमा पुगेको हो । सात हप्ता अघि अर्थात् गएको अक्टोबर २६ का दिन श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्री रनील बिक्रमासिंघेलाई पदबाट हटाएर पूर्वराष्ट्रपति राजपाक्षलाई प्रधानमन्त्री पदको शपथ खुवाएका थिए । 

राष्ट्रपतिको उक्त कदम संविधान विरोधी भन्दै प्रधानमन्त्री विक्रमासिंघेले प्रधानमन्त्रीको सरकारी निवास टेम्पल हाउस छोडेका थिएनन् । उता बिक्रमासिंघेले प्रधानमन्त्री कार्यालयमा गएर काम थालेको भएपनि उनलाई पनि संसद र अदालतको अवरोध कायम थियो । दुई प्रधानमन्त्री रहेको यो तनावपूर्ण अवस्थाबाट श्रीलंकाले शनिबारदेखि मुक्ति पाएपनि अबका दिन कसरी अघि बढ्छन् भन्ने कुरा त्यति प्रष्ट भइसकेको छैन । 

राजपक्षेले पद छोडेपछि उनका छोरा नमलले बीबीसीलाई बताएअनुसार उनका पिताले देशमा स्थिरताका लागि पद छोडेका हुन् । विश्लेषकहरुका अनुसार राजपक्षेले पद छोडेपछि अब श्रीलंकामा हप्तौंदेखिको सत्ता संघर्षले अब बिराम पाउने अवस्था भएको छ । श्रीलंकाका सरकारी स्रोतहरुले जनाएअनुसार रणिल बिक्रमसिंघेले आइतबारबाट पदभार ग्रहण गर्ने सम्भावना रहेको छ । तर राष्ट्रपति कार्यालयले भने त्यसबारेमा सार्वजनिक रुपमा बोलिसकेको छैन । 

Agni Group

विक्रमासिंघेको पार्टी युनाइटेड नेशनल पार्टीका  प्रवक्ता हरिन फर्नाण्डोले बीबीसीलाई बताएअनुसार राष्ट्रपतिले आइतबार बिहान १० बजे बिक्रमासिंघेलाई प्रधानमन्त्रीको रुपमा शपथ दिलाउने छन् । प्रवक्ता फर्नाण्डोले बताएअनुसार यसबाट राजनीतिक गतिरोध अन्त्य गर्नका लागि मद्धत गर्नेछ । उनले ५० दिन अघि देखि राजनीतिक संकट सुरु भएपछि देशमा ठूलो आर्थिक नोक्सानी भएको छ । श्रीलंकाको सर्बोच्च अदालतले गएको विहीबार राष्ट्रपतिले संसद भंग गरेकोमा त्यसलाई अवैध भनेको थियो । संसदको पूर्वनिर्धारित कार्यकाल दुई वर्ष बाँकी रहँदै चुनाव गराउन नमिल्ने पनि बताएको थियो । बिक्रमासिंघेको पार्टीका कार्यकर्ताले राजपाक्षे आधिकारिक प्रधानमन्त्री नभएकोले उनले राजीनामा दिनु र नदिनुको कुनै औचित्य नभएको बताएका छन् । अर्कातर्फ बिक्रमासिंघेले पुनः प्रधानमन्त्रीको शपथ खाएभने चाहिं राजपक्षलाई मान्यता दिएको ठहर्ने अवस्था पनि छ । श्रीलंकामा राजनीतिक संकट सुरु भए यता त्यहाँको संसदमा समेत तनावपूर्ण अवस्था सिर्जना भएको थियो । 

श्रीलंकाको घटनालाई लिएर भारत, चीन, अमेरिका र युरोपेली संघ(इयु)ले पनि चासो व्यक्त गरेका थिए । छिमेकी चीनले राजपक्षलाई बधाई दिएको भएपनि अन्य मुलुकले भने संविधान अनुसार प्रक्रिया अघि बढाउन संलंकाको संस्थापन पक्षलाई आग्रह गरेका थिए । यसबीचमा थुप्रै श्रीलंकालीले सडकमा पनि प्रदर्शन गरेका थिए । शनिबार राजीनामा दिएका राजपाक्षेको श्रीलंकामा सन् २०१५ सम्म राजनीतिक दबदबा  थियो । 

Global Ime bank

पश्चिमा मुलुकसँग भने उनको सम्बन्ध राम्रो मानिँदैन । उनले सन् २००९मा श्रीलंकाको २६ वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने क्रममा मानवअधिकारको उल्लंघन गरेको भन्ने कुरालाई लिएर पश्चिमा राष्ट्र र संस्थाहरुदे आपत्ति जनाउँदै आएका छन् । 
श्रीलंकाको सरकार,सेना र तमिल टाइगर सबैलाई मानवअधिकार उल्लंघनको आरोप लाग्दै आएको थियो । श्रीलंकाको संसदले पनि गएको बुधबार मात्रै बिक्रमासिंघेलाई प्रधानमन्त्री बनाइ राख्ने पक्षमा विश्वासको मत पारित गरेको थियो । बिक्रमासिंघेसँग आफ्नो पार्टी र उनका सहयोगीको मिलाएर संसदमा सामान्य बहुमत रहेको छ । सिरिसेना कुनै बेला राजपक्षेको सहयोगी थिए ।  

उनी सरकारमा पनि सामेल भएका थिए । २०१५मा उनले रनिल बिक्रमासिंघेको साथ गठजोड गरे र चुनावमा राजपाक्षेलाई हराए । यसपछि सिरिसेना तथा बिक्रमासिंघे मिलेर सरकार बनाएका थिए । त्यसपछि भने दुईजनाबीचको सम्बन्ध अप्ठेरोमा पर्‍यो । त्यसैले सिरिसेनाले गएको अक्टोबरमा बिक्रमासिंघेलाई पदबाट हटाएका थिए । सिरिसेनाले बिक्रमासिंघेलाई घमण्डी भएको आरोप मात्रै लगाएनन् बिक्रमासिंघेका क्याबिनेटमा रहेको कुनै व्यक्तिले आफ्नो हत्याको योजना बनाएको समेत आरोप लगाएका थिए । 

दुईबीच विवाद हुनुको पछाडि भारतीय स्वार्थ र चिनियाँ स्वार्थको टकरावका रुपमा पनि लिने गरिएको छ  । राष्ट्रपति  सिरिसेनाले  अघिल्लो सरकारका एक क्याबिनेट मन्त्रीले आफ्नो हत्या गर्न खोजेकोले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गर्नुपरेको सार्वजनिक रुपमै बताएका थिए । 

उनले एक मन्त्री आफू र पूर्व रक्षा सचिवको हत्याको योजनामा रहेको जनाएका थिए । सो प्रकरणमा अहिले केही व्यक्तिलाई पक्राउ गरिएको भएपनि स्वतन्त्र रुपमा भने त्यसको पुष्टि भइसकेको छैन ।  

सिरिसेनाले सुरुमा संसद स्थगन गरेकोमा आफूले चालेको कदमको विरुद्धमा संसदमा बहुमत हुन सक्ने त्रासले संसद विघटन गरेर आगामी जनवरी ५ का दिन चुनावको घोषणा गरेपनि त्यसलाई अदालतले मान्यता दिएन । संसदले पनि महेन्द्र राजपाक्ष विरुद्ध अविश्वासको प्रस्ताव पारित गर्‍यो । यही बाध्यात्मक अवस्थामा राजपाक्षले प्रधानमन्त्रीबाट राजीनामा दिएका हुन् ।

यो राजीनामासँगै दुई प्रधानमन्त्रीको व्दैध सत्ता अन्त्य भएको छ । तर, बिक्रमासिंघेलाई बाध्यत्मक रुपमा प्रधानमन्त्री पुनः नियुक्त गर्नुपर्ने अवस्थामा राष्ट्रपति र भावी प्रधानमन्त्रीबीचको तिक्तता कसरी मेटिएला भन्ने बारेमा अझै स्पष्ट भइसकेको छैन । बिक्रमासिंघेका पार्टीका प्रवक्ताले बिक्रमासिंघेलाई आइतबार प्रधानमन्त्रीको रुपमा शपथ खुवाइने भएकोले सोमबार कोलम्बोमा खुशियाली मनाउनका लागि आफ्नो पार्टीका कार्यकर्तालाई डाकिएको जनाएका छन् । श्रीलंकामा हप्तौंदेखि जारी सत्ता संघर्ष बिराम लाग्ने अवस्था बाहिरबाट देखिएको भएपनि आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्रीबीचको तनाव कसरी मेटिएला भन्ने आम चासो भने सर्बत्र रहेको छ । (बीबीसीको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC