site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'कांग्रेस दिशाहीन, फोरम उदार र राजपा द्विविधाग्रस्त\'
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस आफ्नो असफलता ढाकछोप गर्न सरकारविरुद्ध खनिन थालेको आरोप लगाएको छ । 

शुक्रबारबाट शुरू भएको पार्टी स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमा  कांग्रेसले सरकारविरुद्ध भ्रमपूर्ण प्रचार गरिरहेको असन्तुष्टिलाई उछाल्ने प्रयत्न गरिरहेको दावी गरिएको छ ।

 त्यस्तै अध्यक्षद्वयको प्रतिवेदनमा कांग्रेस गतिहीन भएको बताइएको छ । “विगत निर्वाचन परिणामबाट कमजोर अवस्थामा खुम्चिन पुगेको नेपाली कांग्रेसमा अन्योल व्याप्त छ । वैचारिक र राजनीतिक पुनर्संरचनाको प्रसंग चले पनि यस पार्टीले सही दिशा ग्रहण गर्ने सम्भावना देखिँदैन । आफ्नो असफलतलाई ढाकछोप गर्न यसपार्टीमा यतिबेला सरकारका विरुद्ध भ्रामक प्रचारमा उत्रिने, सानातिना असन्तुष्टि पनि उचाल्ने र राजनीतिकरण गर्ने प्रवृत्ति देखा परेको छ,” प्रतिवेदनमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लामो समय सरकारको नेतृत्व गरेको र त्यसै अवधिमा मुलुकले थप दुर्गति बेहोर्नुपरेको यथार्थ कांग्रेसले ढाकछोप गरेको र अधिनायकवाद, असफलताको अनर्गल प्रचार त्यसैको दृष्टान्त भएको उसको ठम्याइ छ ।

“संविधानको कार्यान्वयन र समृद्धिको यात्रामा नेपाली कांग्रेससँग पनि सम्भव भएसम्म समझदारी कायम गर्दै अगाडि बढ्ने हाम्रो पार्टीको नीति छ । तर, विगतमा यसका गलत नीति र भूमिकाका कारण राष्ट्र पछाडि पर्नुपरेको यथार्थलाई ढाकछोप गर्नुहुँदैन,” प्रतिवेदनमा भनिएको छ ।

Global Ime bank

त्यस्तै नेकपाले सरकारमै सहभागी सङ्घीय समाजवादी फोरमलाई तराई–मधेशमा क्रियाशील दलमध्ये उदार र सकारात्मक सोच राख्ने पार्टीको रुपमा चित्रित गरेको छ । एक अनुच्छेदमा फोरमको चरित्र चित्रण गर्दै भनिएको छ, “तराई–मधेसमा क्रियाशील दलहरूमध्ये सङ्घीय समाजवादी फोरम, नेपाल तुलनात्मक रूपमा उदार र सकारात्मक सोच राख्ने भएकाले यस शक्तिसँग लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरण एवम् तराई–मधेसको सामाजिक आर्थिक रूपान्तरणका लागि सहकार्य गर्दै अगाढि बढनु आवश्यक छ ।”

त्यस्तै नेकपाले सत्ता समर्थक अर्को दल राष्ट्रिय जनता पार्टी, नेपाललाई द्विविधाग्रस्त चित्रित गरेको छ । राजपाका नेताले संविधान संशोधन नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने अभिव्यक्ति दिन थालेको भन्दै निरन्तर सम्वादका माध्यमबाट लोकतन्त्र, संविधान, समृद्धि, राष्ट्रिय एकताको सुदृढीकरण एवम् तराई–मधेसको सामाजिक आर्थिक रूपान्तरणमा सकारात्मक स्थानमा उभ्याउने नीति लिनुपर्ने बताइएको छ ।

“सरकारले नागरिकता ऐन संशोधन विधेयकमार्फत् नागरिकताको समस्या हल गर्न खोजेको छ । तराई, मधेस समृद्धिको योजना अघि सारेको छ । तराई, मधेसका समस्या समाधानको अगुवाइ हाम्रो पार्टी र यही सरकारले गरिरहेको र गर्दैजाने सच्याइलाई स्थापित गर्न जरुरी छ ।”

नेकपाको आँखा तीन दलमात्रै
नेकपाले प्रमुख प्रतिपक्षी कांग्रेस, सत्तारूढ फोरम र राजपाबाहेक अन्य दललाई हेर्ने दृष्टिकोण प्रतिवेदनमा छैन । संसदमा रहेका नेमकिपा, नयाँ शक्ति, राप्रपा नेपालबारे प्रतिवेदन मौन छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC