site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशमशेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो । 
गत बिहिबार बसेको संवैधानिक परिषद्को बैठकले जबरालाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाइ गर्न समितिलाई पत्राचार गरेको थियो । सोही पत्राचारमाथि छलफल गर्दै समितिले भोलि (सोमबार)बाट १० दिनसम्मका लागि प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्धको उजुरी सोमबारबाट आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 
प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध आह्वान गरिएको उजुरीको म्याद १० दिनमा सकिएपछि सो उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल गर्नुपर्ने हुन्छ । सभापति कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधिशमा सिफारिस जबरासँग सुनुवाइ हुने पनि स्पष्ट पारे । 
समितिले जबराको सुनुवाइ चित्त बुझे प्रधानन्यायाधिशमा उनको नाम अनुमोदन गर्नेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यसअघि संसदीय सुनुवाइ विशेष समितिले अयोग्य ठहर गरेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दिपकराज जोशीपछि दोस्रो वरियतामा रहेका जबरालाई संवैधानिक परिषदले प्रधानन्यायाधिशमा सिफारिस गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC