site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आरती बस्नेतको पुस्तक ‘रेड ब्लड, ब्लु ब्लड एण्ड रोयल हार्ट’ सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आरती बस्नेतको पहिलो पुस्तक ‘रेड ब्लड, ब्लु ब्लड एण्ड रोयल हार्ट’ सार्वजनिक भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा आध्यात्मिक गुरू स्वामी आनन्द अरूण तथा अग्रज कलाकार नीर शाहले सो पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकमा नेपालको राजपरिवारको सदस्यको सत्य कथा र लेखिकाको आध्यात्मिक यात्राको बारेमा लेखिएको छ । पुस्तकमा राजपरिवारसँग लेखिकाको सम्बन्ध र लगाव, विशेषगरी स्वर्गीय अधिराजकुमारी प्रेक्षा शाह र ‘इनर्जी हिलर’ बन्ने उनको यात्राका बारेमा वर्णन गरिएको छ ।
कार्यक्रममा स्वामी आनन्द अरूणले पुस्तकबाट आफू प्रभावित भएको र युवा अवस्थामै लेखिका भएको आध्यात्मिक चेतना र विषयवस्तुको ज्ञानबाट आफू प्रभावित भएको बताएका थिए ।
कलाकार नीर शाहले राजपरिवारका सदस्यहरूको विभिन्न पक्षहरू, विशेषगरी स्वर्गीय अधिराजकुमारी प्रेक्षा र उनका सम्बन्धहरूबारे जानकारी दिएका थिए । अधिराजकुमारी प्रेक्षाको बाल्यकालका सम्झनाहरू र आफैंलाई इनर्जी हिलरमा परिणत गरेको बारे पुस्तकमा लेखिएको भन्दै उनले लेखिकाको प्रशंसा गरे ।

लेखिका बस्नेतले पुस्तक आफनै जिन्दगीको कथा भएको बताइन् । २५ वर्षे बस्नेत इनर्जी हिलर हुन् । उनी रेकी, प्राणिक, क्रिस्टल, कलर, फिजिक, साउन्ड हिलिङ र साधना, अरोमाथेरापी, मन्त्र हिलिङजस्ता विभिन्न निको पार्ने विधिहरूमार्फत् मानिसहरूको रोग निदान गर्छिन् । अंग्रेजीमा लेखिएको पुस्तक भारतको खराग आर्य पब्लिसिङ हाउसले प्रकाशन गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC