site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
५१ औं दिनमा बिक्रमासिंघेको ‘कमब्याक’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कोलम्बो । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल बिक्रमासिंघे आइतबार पुनस्र्थापित भएका छन् । युनाइटेड नेसनल पार्टी (युएनडीपी)का नेता रहेका बिक्रमासिंघेले आइतबार राष्ट्रपति मैत्रिपाला सिरिसेनाबाट अपदस्थ भएको ५१ औं दिनमा पुनः उनै राष्ट्रपतिसँग प्रधानमन्त्रीको शपथ लिएका हुन् । उनलाई अपदस्थ गरेर प्रधानमन्त्री बनाइएका महेन्द्रा राजपाक्षले शनिबारमात्रै पदबाट राजीनामा दिएका थिए । 
राष्ट्रपतिको कदम अदालत र संसदले अस्वीकार गरेपछि बिक्रमासिंघेलाई पुनः प्रधानमन्त्री बन्न सजिलो भएको हो । उनलाई यसअघि प्रधानमन्त्रीबाट हटाइएपनि उनले प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्री भने छोडेका थिएनन् । बिक्रमासिंघेको पार्टीको आधिकारिक ट्विटर पेजमा उनले आज शपथ लिइको जनाइएको छ । उनले चाँडै नयाँ मन्त्रिमण्डल बनाएर सन् २०१९को देशको बजेट ल्याउने तयारी गर्ने जनाइएको छ । उनलाई अक्टोबर २६मा प्रधानमन्त्री पदबाट अपदस्थ गरिएको थियो । 

राजापाक्षेको राजीनामा, समाधान होला श्रीलंका सत्ता संघर्ष ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC