site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पुँजीबजार सुधार प्रतिवेदन बुधबारमात्रै, लगानीकर्ता भोलिदेखि आमरण अनसन बस्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आइतबार (आज) पेश गर्ने भनिएको पुँजी बजार सुधार प्रतिवेदन बुधबारमात्र आउने भएको छ । मुद्रा र पुँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र अध्ययन गरी सुझाव पेश गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने भएको हो । 
समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउनेछ । वित्तीय स्थायित्व कायम गर्न तथा उत्पन्न समस्याको पहिचान र समाधानका उपाय अध्ययन गर्न गठित समितिले आइतबार प्रतिवेदन बुझाउने भनिएको थियो । तर, शुक्रबार तयार हुने भनिएको प्रतिवेदनको मस्यौदा निर्माणको काम नसकिएकाले ढिलो हुने भएको समितिका एक सदस्यले बताए ।
उनका अनुसार प्रतिवेदन बुधबारसम्म तयार हुनेछ । बाह्रखरीसँग कुरा गर्दै उनले अर्थतन्त्रको यस्तो महत्वपूर्ण दस्तावेज तयारी एक हप्तामा नसकिने भएकाले समतिको म्याद थपिएको बताए । उनका अनुसार पुँजीबजार, बीमा, सहकारी, बैंकिङ तथा वित्तीय संस्थालगायत सम्पूर्ण आर्थिक क्षेत्र समेटेर प्रतिवेदन ल्याउन लागिएको छ । उनले भने, “यो प्रतिवेदन अर्थतन्त्र र पुँजीबजार विकासको मार्गनिर्देशक दस्तावेजको रुपमा आउन लागेको छ ।”
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समिति प्रतिवेदनमा समेट्ने विषयमा छलफल गरी हाल मस्यौदा तयार गर्ने क्रममा छ । ब्याजदर बढ्ने र सेयर बजार घट्ने समस्या उत्पन्न हुन थालेपछि गठित समितिले दुवै समस्या सम्बोधन गर्ने गरी प्रतिवेदन पेश गर्न लागेको हो । 
कार्यदलले सेयर बजारलाई दीर्घकालीन रुपमा व्यवस्थित र दिगो बनाउन आवश्यक नीतिगत व्यवस्था र ब्याजदर नियन्त्रणका लागि केही विशेष व्यवस्था गर्नुपर्ने सुझाव दिने तयारी गरेको छ । यसअघि सेयर बजार सुधार तथा विस्तारका लागि भन्दै लगानीकर्ताको एक समूह अनसनरतमा बसेको थियो । लगानीकर्ता दबाब समूहले विभिन्न १४ बुँदे माग सरकारसामु राखेको थियो ।
दबाब समूहको दबाबपछि गठित समितिले समूहका तीन सदस्यलाई समितिमा आमन्त्रित सदस्यको रुपमा बोलाएको थियो । शुक्रबार भएको बैठकपछि समितिले समूहले राखेका मागमध्ये १२ बुँदा कार्यान्वयन गर्ने प्रतिवद्वता जनाएको थियो ।
शुक्रबार बसेको लगानीकर्ता दबाब समूह र अर्थ मन्त्रालयबीच भएको वार्तामा अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा र बीमा कम्पनीको लाइसेन्स विषयबाहेक अन्य बुँदाका मागमा सहमति जुटेको हो ।
समितिमा अनसनरत लगानीकर्ताको तर्फबाट सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजीबजार संघका महासचिव नयन बाँस्तोला र सेयर लगानीकर्ता दबाब समूहबाट तिलक कोइरालालाई राख्ने सहमति भएको थियो । यससँगै अर्थमन्त्री खतिवडाद्वारा गठित समितिमा अब धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीसहित आठ जना भएका छन् ।
समितिले सेयर बजार र ब्याजदरका अल्पकालीन भन्दा दीर्घकालीन समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिन लागेको बताइएको छ । अर्थतन्त्र र सेयर बजारलाई सम्बोधन गर्न समितिले प्रतिवेदनमा कर्जा, निक्षेप तथा कोर पुँजी (सीसीडी रेसियो) ८० प्रतिशतको अनुपात हेरफेर गर्ने सुझाव दिन लागेको छ ।
प्रतिवेदनमा पुनर्कर्जा कोषमा रकम बढाउने, सेयर बजार लगानीकर्तालाई ब्रोकरमार्फत् मार्जिन लेन्डिङ उपलब्ध गराउने, संस्थागत निक्षेपमा कडाइ गर्नेलगायत सुझाव राखिने भएको हो ।
यसैबीच समितिको शनिबार बसेको बैठकमा आफूहरुलाई सहभागी नगराएको भन्दै सेयर लगानीकर्ता दबाब समूह पुनः अनशनमा बसेको छ । दबाब समूहको तर्फबाट ३ जनालाई सहभागी गराउने भनिएपनि शनिबार हस्ताक्षरका लागि राष्ट्र बैंकमा बोलाइएका नयाँ सदस्यहरुलाई बैठकमा बस्न नदिएपछि उनीहरुले पुनः अनसन सुरु गरेका हुन् ।

आमरण अनसनको तयारी
एक सातादेखि रिले अनसनमा रहेको दबाब समूहले अनसनको रुप परिवर्तन गर्ने भएको छ । समितिले प्रतिवेदन बनाउन ढिलाइ गरेपछि लगानीकर्ताको सो समूह आमरण अनसनको तयारीमा रहेको छ ।
दबाब समूहका सदस्य तथा सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार समितिले पूर्वनिर्धारित समयमा प्रतिवेदन तयार पार्न नसकेपछि दबाब समूह आमरण अनसन बस्न लागेको हो ।
उनले भने, “समितिमा हामीलाई बोलाइयो, हाम्रो कुरा सुनियो र हाम्रा माग सम्बोधन गर्ने पनि भनियो । तर, आइतबार अर्थमन्त्रीसामु पेश गर्ने भनिएको प्रतिवेदन बनाउन ढिलाइ गरिएकाले हामीले आमरण अनसनको तयारी गरेका हौं ।”
लगानीकर्ताहरु मंसिर २३ गतेदेखि विभिन्न १४ बुँदे माग राखेर रिले अनसनमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC