site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारको प्रशंसामाथि स्थायी कमिटी सदस्यको टिप्पणी– अकर्मण्यता ढाकछोप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्रीले राजनीतिक प्रतिवेदनमा सरकारको अकर्मण्यता ढाकछोप गरेको बताएका छन् । शनिबारबाट पार्टी मुख्यालयमा शुरू भएको स्थायी कमिटीको तेस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै सदस्यहरुले प्रधानमन्त्रीले गल्तीको ढाकछोप गरेको बताएका हुन् ।
पार्टी अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको ९ महिने उपलब्धिलाई सात बुँदामा सविस्तार चर्चा गरिएको छ ।
“पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीकै कारण सरकार असफलतातिर उन्मुख छ, तर राजनीतिक प्रतिवेदनमा यी कुरालाई लुकाइएको छ,” स्थायी कमिटीका एक सदस्यले भने । उनले वामदेवको फरक मतले काउन्टर दिएको चर्चा गर्दै उनको कुरा समेटेर र सम्बोधन गरेर जानुको विकल्प नरहेको बताए ।
“प्रतिवेदनका पछाडि जेसुकै नियत भए पनि उहाँले उठाएका कुरा जेन्युन छन्,” अर्का एक सदस्यले भने, “सुनुवाइ गरेर जानुको विकल्प छैन ।”
गौतमले केपी ओली प्रधानमन्त्री र सरकारको दुवैको नेतृत्व गर्न असफल भइसकेको निष्कर्ष निकाल्दै स्थायी कमिटीको बैठकमा १६ पाने फरक मत दर्ता गराएका छन् र यसमा छलफलको माग गरेका छन् ।
तर, अध्यक्ष केपी ओलीले दुई अध्यक्षलाई फुटाउने मनशाय प्रकट भएको आरोपित गर्दै इन्कार गर्ने सम्भावना पनि उत्तिकै छ ।
त्यस्तै केपी ओलीले सरकारको जिम्मेवारी सम्हालिरहेकाले पार्टीको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिइनुपर्ने गौतमको तर्क छ ।

‘अध्यक्ष ओलीले प्रतिशोधको भावना त्याग्नुपर्छ’
दम्भ, भिन्न विचारप्रति असहिष्णु, प्रतिशोधको भावनाले अघि बढ्दा पार्टी र सरकार सञ्चालन गर्न अध्यक्ष ओलीको भूमिका कमजोर र फितलो देखिएको भन्दै कार्यशैली बदल्न नेताहरूले ध्यानाकर्षण गराएका छन् । स्थायी कमिटी बैठक चलिरहँदा केही नेताहरूले उनलाई विगतको प्रतिशोधको भावना त्याग्न र एकतावद्ध ढंगले अभिभावकत्व निभाउने गरी अघि बढ्नसमेत सुझाव दिएका छन् ।
त्यस्तै दुवै अध्यक्षलाई एकताको बाँकी काम नरोक्न र तलसम्म एकतालाई पुर्याउन भूमिका खेल्नसमेत अनुरोध गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC