site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'नेकपा अधिनायकवादी, मधेशवादी जनभावनाको दोहनकर्ता र राप्रपा राजतन्त्रवादी\'
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ने क पा नेतृत्वको सरकार एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरेर शक्तिको दुरुपयोग गर्न लागेको आरोप लगाएको छ । काठमाडौंमा जारी महासमिति बैठकमा शनिबार पेश भएको राजनीतिक प्रतिवेदनमा कांग्रेसले सरकारका क्रियाकलापबाट लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ । 
२००७ सालको जनक्रान्तिमा नेपालका कम्युनिष्टहरुको कुनै भूमिका नभएको र २००७ सालको परिवर्तनपछिको राजनीतिक वातावरणलाई विथोल्न कम्युनिष्टहरुको नकारात्मक भूमिकाले मद्दत पुगेको कांग्रेसले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको छ । २०१५ को संसदीय निर्वाचनमा सहभागी हुनु कम्युनिष्ट आन्दोलनको पहिलो सकारात्मक कदम भएपनि २०३६ सालको जनमत संग्रहमा कम्युनिष्टहरु पञ्चायतको पक्षमा प्रयोग भएको स्मरण गरेको छ । 
कांग्रेसले अहिले ने क पाका रुपमा विकसित तत्कालीन माले, मसाल र अन्य कम्युनिष्ट पार्टीले ‘निर्दल बहुदल एकै हो, जनमत संग्रह धोका हो’ भन्दै बहुदलको पक्षमा सक्रिय नेता–कार्यकर्ता र आम नागरिकमाथि आक्रमण गरेको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । उसले तत्कालीन समयमा मकवानपुरको हेटौडामा लौहपुरुष गणेशमान सिंहमाथि भएको आक्रमणलाई त्यसको उदाहरणका रुपमा प्रस्तुत गरेको छ । 
कांग्रेसले केही कम्युनिष्टहरु उग्र रुपमा नारामार्फत् २०४६ सालको जनआन्दोलन असफल बनाउन सक्रिय भएका र २०४६ सालको परिवर्तन विरुद्ध सशस्त्र हिंसामा उत्रिएका बताएको छ । १० वर्षे सशस्त्र हिंसामा कांग्रेसका नेता–कार्यकर्ता, कांग्रेसमा आस्थावान शिक्षक, किसान, राष्ट्रसेवक कर्मचारी, सामान्य नागरिकको निर्मम हत्या र तत्कालीन राजा विरेन्द्र शाहसँगको तत्कालीन माओवादीको सहकार्यबाट उक्त हिंसाको उद्देश्य स्पष्ट रहेको पनि प्रतिदेदनमा भनिएको छ । 
कांग्रेसले कम्युनिष्टहरुको लोकतान्त्रिक प्रक्रियामा सहभागिता एउटा छलछाम र धोकाधडी मात्रै भएको संशय आफूमा रहेको पनि स्पष्ट पार्न खोजेको छ । उसले वर्तमान सरकार लोकतन्त्रका मूल्य र धरोहरविरुद्ध सक्रिय हुँदै लोकतन्त्रले प्रदान गरेका अधिकार र अवसर प्रयोग गरेर एक दलीय सर्वसत्तावादतर्फ अगाडि बढ्न लागेको पनि दाबी गरेको छ । 
प्रतिपक्ष कांग्रेसले लोकतन्त्रका मूल्यमा पहिले सहमत भएर पुनः हिंसा, आतंक र द्वन्द्वको बाटोमा उन्मुख अन्य कम्युनिष्ट समूहलाई जनताको अधिकारको रक्षा गर्ने र समतामूलक समाज निर्माणको स्पष्ट लक्ष्यका साथ स्थापित वर्तमान राजनीतिक प्रणालीमा सहभागी हुन र हिंसा र द्वन्द्व सिर्जना नगर्न आग्रह गरेको छ । 
राजावादी तथा परम्परावादी दलका रुपमा चिनिएको राप्रपाका विभिन्न घटकहरुको जनताद्वारा विस्थापित राजतन्त्रलाई पुर्नस्थापना गर्ने लगायतका दृष्टिकोण र क्रियाकलाप लोकतानित्रक प्रणालीसँग मेल नखाने कांग्रेसको ठहर छ । उसले नयाँ शक्ति पार्टी र विवेकशिल साझा लगायतका दलहरुको आरम्भ भर्खरै भएकाले उनीहरुको सिद्धान्त र मान्यता स्थापित भइनसकेको दाबी पनि गरेको छ । 
कांग्रेसले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नभएको जिकिर गरेको छ । ती दलहरुले तराई मधेशका जनताको भावना दोहन गरेर राजनीति गरिरहेको कांग्रेसको भनाइ छ । कांग्रेसले तराई मधेशको विकास र शान्तिका लागि ती दलहरुको कुनै योगदान नै नभएको टिप्पणी गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC