site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ललितपुरलाई ९३ रनको लक्ष्य, सन्नी पटेलको पाँच विकेट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जित्नैपर्ने दबाबमा रहेको भैरहवा ग्लाडियटर्सले आइतबार एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सलाई ९३ रनको लक्ष्य दिएको छ । 
सन्नी पटेलले पाँच विकेट लिएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रनमात्र बनाउन सक्यो । उत्कृष्ट बलिङ गरेका सन्नी पटेलले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिएपछि भैरहवाका ब्याट्सम्यानले रनका लागि संघर्ष गर्नुपर्यो । 
सन्नी पटेलले भैरहवाका ओपनर मोहम्मद नाभेद र प्रदीप ऐरी तथा कप्तान शरद भेषावकरका साथै कृष्ण कार्की र कुशल मल्लको महत्वपूर्ण विकेट लिए । गत वर्ष उपविजेता बनेको भैरहवाका कप्तान शरद भेषवाकर १ रन बनाएर पवेलियन फर्किदा नाभेद र प्रदीपले समान २ रन बनाएर आउट भए । कृष्ण शुन्यमा पवेलियन फर्किदा कुशलले ३ रन जोडे । 
रायन टेन डोएसचर्डले जोडेको ३७ रन नै भैरहवाको इनिङमा बनेको सबैभन्दा ठूलो स्कोर हो । रवि इन्दर सिंहले २५ रन जोडे । डोएसचर्ड र रवि इन्दर दुबैलाई योगेन्द्रसिंह कार्कीले आउट गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ललितपुरका सन्नी पटेल र योगेन्द्रसिंहबाहेक रशिद खानले २ तथा ललितनारायण राववंशीले १ विकेट लिए ।
ललितपुर शीर्ष स्थानमा छ भने भैरहवा दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC