site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चार दिनदेखि सुनको भाउ स्थिर, तोलाको ५९ हजार ५ सय रुपैयाँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चार दिनदेखि बहुमूल्य धातु सुनको भाउ स्थिर रहेको छ । गत बिहीबारदेखि आज आइतबारसम्म सुन तोलाको ५९ हजार ५ सय रुपैयाँ नै कायम रहेको छ । 
गत बिहीबार ३ सयले घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ त्यसको अघिल्लो दिन बुधबार भने २ सय रुपैयाँ घटेर ५९ हजार ८ सयमा कारोबार भएको थियो । तर, मंगलबार भने तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । 
यसअघि गत कात्तिक २० गते पनि सुन तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ । अघिल्लो साता सोमबार ५९ हजार ४ सय रुपैयाँ, आइतबार ५९ हजार रुपैयाँ र शुक्रबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको थियो ।  
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको दाँजोमा आज आइतबारसम्म छापावाल सुनको भाउ प्रतितोला ३ सयका दरले घटेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा झरेको छ । अघिल्लो साता बुधबार तेजाबी सुन तोलाको ५९ हजार ५ सय र चाँदी तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 
महासंघका अनुसार पुस १ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ मंसिर २९, २८ र २७ गते तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । मंसिर २५ मा भने तोलाको ६० हजार रुपैयाँसम्म पुगेको थियो । यसअघि मंसिर २४ गते ५९ हजार ४ सय, २३ गते ५९ हजार, मंसिर २, ३ र २० गतेको भाउ ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो । 
पछिल्लो एक साताको मूल्यसूचीअनुसार मंसिर २४ मा छापावाल सुनको भाउ प्रतितोला ५९ हजार ४ सय, मंसिर २५ मा ६० हजार, मंसिर २६ मा ५९ हजार ८ सय, मंसिर २७ मा ५९ हजार ५ सय र मंसिर २८ मा ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC