site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
परराष्ट्रमन्त्री ज्ञवाली सोमबार अमेरिका जाँदै 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार अमेरिका प्रस्थान गर्दैछन् । अमेरिकी विदेश मन्त्री माईकल आर पोम्पिओको औपचारिक निमन्त्रणामा उनी अमेरिका जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार वासिङटन डिसीमा मंगलबार दुई देशका परराष्ट्र मन्त्रीबीच द्विपक्षिय वार्ता हुनेछ । 
डिसेम्बर १८ को दिन (मंगलबार) ज्ञवाली र अमेरिकी विदेशीमन्त्रीबीच द्विपक्षिय बैठक हुने तय भएको छ । अमेरिका भ्रमणको बेला परराष्ट्र मन्त्री ज्ञवालीले ह्वाईट हाउसका उच्च पदस्त अधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)का प्रतिनिधि र मिलिनियम च्यालेन्ज कोअप्रेसन (एमसिसी)का पदाधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । 
डिसेम्बर १८ कै दिन पराष्ट्र सचिव शंकर दास वैरागीले दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री एलिस जी वेल्ससँग परामर्श गर्ने जनाइएको छ ।  परराष्ट्र मन्त्री ज्ञवालीको अमेरिका भ्रमणमा परराष्ट्र सचिव वैरागी, अमेरिकाको लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका महाशाखा प्रमुख तथा सहसचिव घनश्याम भण्डारी, गहृ र अर्थ मन्त्रालयका सहसचिवहरु पनि सँगै जानेछन् । उनको पुस ६ गते स्वदेश फर्कने कार्यक्रम छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC