site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय लाभान्वित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं ९ खल्ला टुँडिखेलका तीन सय वासिन्दाले निःशुल्क स्वास्थ्य शिविरबाट स्वास्थ सेवा लिएका छन् । भीमदत्त नगरपालिका, सुदूरपश्चिम फार्मेसी संगठन र सुर्योदय बहुउद्देश्यीय सहकारी संस्थाले सन्तनगरमा संयुक्त शिविर आयोजना गरेका हुन् । शिविरबाट खल्ला, टुँडिखेल र मुसेट्टीका वासिन्दा लाभाान्तित भएका भएका छन् ।
सन्तनगरस्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा शिविर आयोजना गरिएको हो । शिविरमा स्थानीयको स्वास्थ्य जाँच गरी औषधि समेत वितरण गरिएको छ ।
सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका लिका सल्लाहकार ईश्वरी प्रसाद खरेलले शिविरबाट तीन सय जनाले स्वास्थ्य सेवा पाएको जानकारी दिए ।
विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन गरिएको हो । सूर्योदयका सल्लाहकार खरेलले उद्घाटन गरेको शिविरको समापन समारोहमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट प्रमुख अतिथि थिए ।
कार्यक्रममा नगर प्रमुख विष्टले खल्ला मुसेट्टीका वासिन्दाले विगतमा वासिन्दाले सिटामोल पाउन नसकेका समाचार आउने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था अन्त्यका गर्नका लागि शिविर आयोजना गरिएको बताए । भीमदत्त नगरपालिका दिगो विकासको अवधारण टेकेर अघि बढेकाले समस्यालाई समाधान गरी समृद्ध नगर बनाइने उनले बताए । किसान नेता भीमदत्त पन्तले गरीब वर्गका वासिन्दाका लागि नून आन्दोलन सुरु गरेको खल्ला क्षेत्रमा स्थानीयका लागि आय आर्जनका कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख विष्टले बताए ।
स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले गत वर्ष पहिलो पटक खल्लामा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरेका थिए । टुँडिखेलका गाउँघर क्लिनिक नियमित रुपमा सञ्चालनमा आएको छ । गत वर्ष क्लिनिक भवन निर्माण गरिएको थियो ।
शिविरमा डा बैभव भट्ट, डा निरज संग्रौला, डा प्रशान्त जोशी, डा सरोज सिटौला, डा राजु पौडेलको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।
कार्यक्रममा ब्रह्मदेबस्थित नगर स्वास्थ्य इकाई र टुँडिखेलको गाउँघर क्लिनिकलाई औषधि प्रदान गरिएको छ । सुदूरपश्चिम फार्मेसी संगठनका अध्यक्ष प्रितिधिर भण्डारीले औषधि हस्तान्तरण गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC