site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इङ्लिस प्रिमियर लिगमा आज रोचक भिडन्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आइतबार परम्परागत प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई घरेलु मैदान एनफिल्डमा आतिथ्य प्रदान गर्दा आफ्नो टोलीले ‘रिसाएर’ खेल्ने बताएका छन् । 
युनाइटेडलाई पराजित गरे लिभरपुल पुनः लिगको शीर्ष स्थानमा उक्लनेछ । तर जर्मन प्रशिक्षक क्लोपले च्याम्पियन्स लिगमा पराजित युनाइटेड तत्काल जितको खोजीमा भएका कारण खेलाडीलाई सजग गराएका छन् । 
“विपक्षी टोली सुखद् क्षणमा छैन । उनीहरु पछिल्लो खेलमा पराजित भएका थिए,” लिभरपुलका प्रशिक्षक क्लोपले भने, “हामी आफ्नै समस्यामा छौं । हाम्रो आफ्नै लक्ष्य छ र हामी त्यसका लागि खेल्छौं । हाम्रो लडाइँ अंकका लाग हुन्छ । आइतबार हामी रिसाएर खेल्नुपर्छ ।”
लिभरपुल २०१३ यता युनाइटेडसँग एनफिल्डमा पराजित भएको छैन । तथापी लिभरपुलले पछिल्लो ८ लिग खेलमा युनाइटेडलाई पराजित गर्न पनि सकेको छैन । लिगमा अहिले लिभरपुल र युनाइटेडबीच १६ अंकको भिन्नता छ । युनाइटेड शीर्ष क्लब म्यानचेस्टर सिटीभन्दा रेलिगेशन क्षेत्रको टोलीसँग नजिक छ । लिभरपुलका प्रशिक्षक क्लोपले टोलीका लागि यो ऐतिहासिक अवसर भएको बताए । 
“यो खेल जित्नका लागि सबै विकल्प प्रयोग हुन्छ,” प्रिमियर लिगको शीर्ष पाँचमध्ये एकमात्र अपराजित टोली लिभरपुलका प्रशिक्षक क्लोपले थपे, “ठूलो खेलमध्येको यो एक हो । युनाइटेडका पूर्व प्रशिक्षक (सर एलेक्स फुर्गसन)ले यसलाई ब्रिटिस क्लासिको भनेका हुन् भने म साँच्चिकै खुशी छु । किनकी म जर्मन क्लासिको (बोरुसिया डर्टमन्डविरुद्ध बायर्न म्युनिख) मा संलग्न भैसकेको छु ।”
प्रशिक्षक जोजे माउरिन्हो २०१६ मा ओल्ड ट्राफोर्ड आएपछि युनाइटेड चीर प्रतिद्वन्द्वीविरुद्ध नतिजा निकाल्न संघर्ष गरिरहेको छ । युनाइटेडले लिगमा म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, टोटेनह्याम र आर्सनलसँग गरी संयुक्त रुपमा २४ खेल खेलेको छ । जसमा युनाइटेड ८ खेलमा मात्र विजयी भएको छ । 
लिभरपुल उपाधि होडमा नजिक रहे पनि युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले क्लोपको टोलीलाई २००५ मा च्याम्पियन्स लिग जित्दा जस्तो बलियो नमानेको बताएका छन् । 
“मैले लिभरपुलविरुद्ध खेलेको छु । त्यो युरोपियन च्याम्पियन थियोे,” माउरिन्होले भने, “अहिले त्यो भन्दा राम्रो छ वा छैन मलाई थाहा छैन । यो टिमले केही जितेको छैन । त्यसैले मलाई लाग्छ उनीहरुले जे हासिल गरेका छन्, त्यसलाई सम्मान गर्नुपर्छ । उनीहरु राम्रो टिम हो । उनीहरु खेल्ने गतिले खेल कठिन हुन्छ । उनीहरुलाई रोक्दै हामीले राम्रो खेल्नुपर्छ । हामी आफुमा केन्द्रित हुनु महत्वपूर्ण छ । हेरौ हामी कसरी उनीहरुलाई स्तब्ध बनाउँछौं र गोल गछौं ।”
इङ्लिस प्रिमियर लिगमा आजै आर्सनलले साउथह्याम्पटनविरुद्ध तथा चेल्सीले ब्राइटनविरुद्ध खेल्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC