एजेन्सी । रियाल मड्रिडले क्लब विश्वकपको सेमिफाइनलमा एसियन च्याम्पियन कासिमा एन्टलर्सविरुद्ध खेल्ने भएको छ । जापानको कासिमाले मेक्सिकोको सिडी गुएडलाजरालाई २–३ ले पराजित गर्दै रियालसँगको भेट पक्का गरेको हो ।
एन्जेल जाल्दिभारको गोलमा गुएडलाजाराले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । कासिमाका योटा नागाकीले बराबरी गोल फर्काए । सर्जिन्होले ६९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कासिमालाई अग्रता दिए । कासिमाका लागि तेस्रो गोल हिरोकी अबेले गरे ।,जितमा एन्जल जल्दिभर,सर्जिन्हो र हिरोकी आबेले गोल गरे । एन्जल जल्दिभरको गोलबाट एन्टलर्सले अग्रता बनाएपनि सिडीका नागकीले बराबरी गोल फर्काए । इन्जुरीमा समयमा लियो सिल्भाले आत्मघाती गोल उपहार दिए पनि गुएडलाजरालाई जितका लागि पर्याप्त भएन ।
कासिमाले बुधबार हुने सेमिफाइनलमा च्याम्पियन्स लिगको साविक विजेता रियालसाग प्रतिस्पर्धा गर्नेछ । २०१६ को क्लब विश्वकप फाइनलमा पनि रियाल र कासिमाले प्रतिस्पर्धा गरेका थिए । जसमा रियाल ४–२ ले विजयी भएको थियो । अर्को सेमिफाइनलमा अल ऐन र रिभर प्लेटले प्रतिस्पर्धा गर्नेछन् ।