site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
५३० कर्मचारी कारवाहीका लागि सिफारिस
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले देशभरका ५ सय ३० जना सरकारी कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । अनुगमन अझै जारी रहेकाले अन्य थुप्रै कर्मचारी कारवाहीमा पर्नसक्ने केन्द्रले जनाएको छ ।
केन्द्रले प्रत्येक वर्ष विभिन्न सरकारी कार्यालयहरुमा व्यापक अनुगमन र कारवाही गर्ने गरेपनि संख्यात्मक रुपमा कमी भने आउन सकेको छैन । त्यस्ता कर्मचारीलाई गरिने फितलो कारबाहीले अनुगमन कार्य प्रभावकारी हुन नसकेको विज्ञहरु बताउँछन् ।  
गत वर्षपनि केन्द्रले छड्केमा परेका, पोशाक नलगाएका र अन्य क्रियाकलापमा संलग्न कर्मचारीलाई कारबाही गरिएको जानकारी दिएको छ । गत वर्ष ४२ जिल्लाका १ हजार १ सय ४० वटा सरकारी कार्यालयका २ हजार ३ सय ४० जना कर्मचारीलाई कारबाही गरिएको थियो । 
केही जिल्लाका कार्यालयहरुको रिपोर्ट आउन बाँकीनै रहेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले बताए । ८ वटा टोलीले एकसाथ अनुगमन गरिरहेको र बाँकी २ सय ५० कार्यालयहरुको अनुगमन पूरा भैसकेपछि ‘डाटा एन्ट्रि’ गरिने प्रवक्ता लामिछानेको भनाइ छ । चालु आर्थिक वर्षको मंसिर १० गतेसम्म मुलुकभरका १ सय ४० सरकारी कार्यालय अनुगमन गर्दा ५ सय ३० जना कर्मचारी कारवाहीमा परेको उनले जानकारी दिए । 
कारवाहीमा पर्ने त्यस्ता कर्मचारीहरु समयमा नआउने, कार्यालय समयमा नभेटिने र कार्यालयको सामान्य अनुशासन समेत पालना नगर्ने ३ सय ६८ जना रहेका छन् । त्यस्तै कार्यालयमा पोशाक नलगाउने तथा गैरजिम्मेवार व्यवहार देखाउने १ सय ६५ जना सहित ५ सय ३० जना कर्मचारीहरुलाई कारवाहीका लागि सिफारिस गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए । त्यस्ता कर्मचारीलाई कारवाही गर्न सम्बन्धित कार्यालयहरुमा पत्र पठाइसकेको उनले बताए ।
छड्केमा परेका तथा कार्यालयको सामान्य अनुशासनसमेत पालना नगर्ने कर्मचारीहरुलाई पहिलोपल्ट चेतावनी दिने, सचेत गराउने, तलब तथा बिदा कटौती गरिनेजस्ता कारवाही गर्ने गरिन्छ । तर, पटक–पटक नियम उल्लघंन गरेको भेटिए विभागिय कारबाही समेत गरिन्छ । त्यस्तोे कारवाही गर्ने अधिकार भने सम्बन्धित कार्यलयसँगै हुने उनले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC