site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उच्च सुधारसँगै नेप्से दुई साता अघिको बिन्दुमा, कारोबार रकम डेढ अर्ब नजिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आइतबार नेप्से परिसूचकमा उल्लेखनीय सुधार आएको छ । साताको पहिलो दिने नेप्से परिसूचक १८ अंकले बढेको हो ।
आइतबारको सुधारसँगै विगत डेढ हप्तादेखि बढिरहेको बजारले सुधारको निरन्तरता पाएको छ । यो सुधारले साढे दुई महिनादेखि आरालो लागिरहेको बजारलाई केही राहत मिलेको छ भने परिसूचक तीन साता अगाडिको बिन्दुमा पुगेको छ । यसअघि मंसिर ९ गते परिसूचक ११ सय ६६ अंकमा कायम भएको थियो ।
सेयर लगानीकर्ताको मागबमोजिम पुँजीबजार विकाससम्बन्धी दिशानिर्देशक दस्तावेज बुधबार आउने सम्भावना बढेको दिन सेयर बजार बढेको हो । पछिल्लो समय बैंकहरुले ब्याजदरसम्बन्धी गरेको भद्र सहमतिले सेयर बजारलाई सकारात्मक सन्देश दियो । आइतबार नै नेपाल एसबीआई बैंकले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने समाचार आएको थियो ।
यता, केही लगानीकर्ता निरन्तर सेयर बजारको दीर्घकालीन सुधारका लागि अनसनमा बसेका छन् । उनीहरुकै निरन्तर दबाबका कारण बनेको समितिले अहिले पुँजीबजार विकास र सुधारको दिगो आधारस्तम्भ बन्ने क्रममा छ । प्रतिवेदन बुधबार आउने बताइएको छ ।

पुँजीबजार सुधार प्रतिवेदन बुधबारमात्रै, लगानीकर्ता भोलिदेखि आमरण अनसन बस्ने

आइतबार बजारमा सुधार आउनको कारण पहिलो डेढ घन्टाको क्रमिक सुधार प्रमुख कारण बन्यो । त्यसपछि केही सेयरको मूल्य घट्दा परिसूचकले उल्टो गति लिएपनि पुनः सुधारिँदै १८ दशमलव ८९ अंकको सुधार आत्मसात् गरेको हो ।
नेप्से बढेर १ हजार १ सय ६७ अंकमा कायम भएको दिन आइतबार करिब डेढ अर्बको सेयर किनबेच भएका छन् । यसदिन बजारमा १ सय ५९ कम्पनीका १४ लाख ७ हजार कित्ता सेयर कारोबारमा आए । कारोबार रकम अघिल्लो दिनभन्दा एक–तिहाइ अर्थात् १५ करोड रुपैयाँ बढी हो ।
यसदिन सेन्सिटिभ इन्डेक्स ३ दशमलव ९८ अंकले बढेर २ सय ४८ दशमलव ६७ अंकमा कायम भएको छ । नेप्से बढेको दिन आइतबार कारोबारमा आएका ११ मध्ये १० समूहका उपसूचक बढे । उत्पादनमूलक समूह घटेको दिन आइतबार निर्जीवन बीमा समूह सर्वाधिक १ सय ६७ दशमलव २१ अंक र जीवन बीमा समूह १ सय ३३ दशमलव ३७ अंकले बढ्यो ।
यसदिन कारोबारमा आएका कम्पनीमध्ये छिमेकी लघुवित्तको सेयर कारोबारले अग्रता लियो । कम्पनीका ५ करोड ७७ लाख रुपैयाँको कारोबार भएकोमा नेपाल बैंकको ५ करोड ३२ लाख रुपैयाँको कारोबार हुँदै दोस्रो स्थान आगट्यो ।
यसदिन मिर्मिरे लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दा अन्य २ कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढ्यो । यसदिन गुमाउने १८ कम्पनीका लगानीकर्तामध्ये रैराङ हाइड्रोका लगानीकर्ता शीर्षमा रहे । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC