site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमको आन्तरिक उडानमा अब ‘अनलाइन टिकेटिङ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आइतबार (आज) बाट ‘अनलाइन टिकेटिङ’ प्रणाली सुरु गरेको छ । निगमले यसअघि २०७४ साउनमा अन्तर्राष्ट्रिय उडानको अनलाइन टिकेटिङ सुरु गरेको थियो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आइतबार निगम मुख्यालयमा आन्तरिक उडानको अनलाइन टिकेटिङ प्रणाली उद्घाटन गरे । यो प्रणालीबाट आन्तरिक उडानमा जाने यात्रुले घरबाटै टिकट खरिद गरी उडान सेवा लिन सक्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“निगमका यात्रुलाई थप सरल र सहज सुविधा दिने उद्देश्यले आन्तरिक उडानमा पनि अनलाइन टिकेटिङ प्रणाली सुरु गरेका हौं,” खरेलले भने, “यसबाट निगमलाई पनि काम गर्न अझै सजिलो हुनेछ ।”

त्यसैगरी निगमको साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्न संस्था सक्रिय रहँदै आएको र यो प्रणाली त्यसैको सन्दर्भमा अर्को सेवा भएको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC