site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश नम्बर २ को नाम मिथिला घोषणा गर्न हस्ताक्षर अभियान
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रदेश नम्बर २ को नाम मिथिला घोषणा गर्न हस्ताक्षर अभियान सुरु भएको छ । हस्ताक्षर संकलनकको लागि मिथिला यात्रा २०७५ नामांकनसहित अभियान यतिबेला जिल्ला–जिल्ला पुगेको छ ।
स्वतन्त्र अभियन्ताका रुपमा ९ जना युवाहरुले २ नम्बर प्रदेशको नाम मिथिला र कामकाजको भाषा मैथिली हुनुपर्ने भन्दै हस्ताक्षर अभियान थालेका हुन् ।
बारा, पर्सा, रौतहत, महोत्तरी, धनुषा र सिरहा गरी ६ जिल्लाबाट हालसम्म ५ हजरबढी हस्ताक्षर संकलन गरिएको अभियन्ता निराजन झाले जानकारी दिए । मंसिरको १३ गतेबाट सुरु भएको हस्ताक्षर संकलनको कार्य विभिन्न जिल्लाका गाउँ–गाउँ हुँदै अहिले सिरहा आइपुगेको झाले बताए । 
हस्ताक्षर अभियानप्रति मिथिलाका बौद्धिक वर्गको भने समर्थन रहेको पाइएको छ । जनकपुरका मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले अभियन्ताहरुलाई धनुषामा स्वागत गर्दै धन्यवादसमेत ज्ञापन गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC