site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एक हातले छक्का समातेर ओलीले जिते ५० हजार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । डोटीका दर्शन ओलीले एभरेष्ट प्रिमियर लिगमा एक्सपर्ट सिङ्गल ह्यान्डेड क्याच गर्दै ५० हजार रुपैयाँ पाएका छन् । शुक्रबार चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सविरुद्धको खेलमा चितवनका जर्ज स्टकले प्रहार गरेको बललाई ओलीले एक हातले क्याच गरेपटिछ ५० हजार पाएका हुन् ।
महेन्द्र मावि डडेलधुरामा सिभिल इन्जिनियरिङ पढ्दै गरेका ओली ट्युसनका लागि काठमाडौं आएको बताएका छन् । जर्ज स्कटको उक्त प्रहार सम्झँदै उनले भने, “घरबाट आउँदा क्याच गर्छु भन्ने सोचेको थिइन तर, दर्शक दिर्घामा बसिरहँदा बल एक्कासि आयो । क्याच हुन्छ भन्ने सोचेको थिएन । तर, यसो हात दिएको क्याच बल रहेछ, क्याच भयो ।”
प्रतियोगिताको समूह चरणका खेल सकिन लाग्दा २ जनाले मात्रै सिङ्गल ह्यान्डेड क्याच लिएका छन् । त्यसैमध्येका एक ओली ईपीएलको टिममा ललितपुरको प्रशंसक रहेको बताउँदै नेपालका क्रिकेटरमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको फ्यान भएको बताए ।
“म गाउँमा कहिलेकाही क्रिकेट पनि खेल्थे,” आयोजकले ५० हजार पाएको घोषणा गरिसकेपछि सञ्चारकर्मीहरुसँग भने । ईपीएलको सुुरुदेखि नै उनी टिकट काटेर खेल हेर्न मैदान आइरहेका थिए । उपहारमा पाएको रकम पढाइमा खर्च गर्ने उनले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC