काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको युनाइटेड सिमेन्ट्स प्रालिले गण्डकी र धौलागिरिका विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदार समावेश गरी जानकारीमूलक अन्तक्र्रिया गरेको छ । गोरखा, डुम्रे, खैरेनीटार, दुलेगौंडा, पोखरा, लेखनाथ र बाग्लुङलगायत स्थानमा अन्तरक्र्रिया गरिएको कम्पनीका क्षेत्रीय बजार प्रतिनिधि हेमलाल श्रेष्ठले जानकारी दिए ।
राजमिस्त्री तथा ठेकेदारको निर्माणसम्बन्धी काममा ठूलो जिम्मेवारी हुने कारण उनीहरूमा सिमेन्टसम्बन्धी राम्रो ज्ञान हुनुपर्ने साथै भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रोफिटिङसम्बन्धी जानकारी हुनुपर्ने देखिएकाले अन्तक्र्रिया गरिएको उनले बताए ।
ललितपुर लेलेमा अवस्थित आफ्नै चुनढुंगा खानी र धादिङ नौबिसेमा कारखाना रहेको युनाइटेड सिमेन्टले विगतदेखि गर्दै आएको यस्तो अन्तक्र्रियालाई निरन्तरता दिने जनाएको छ ।