site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ललितपुर समूह शीर्ष स्थानमा पुुग्दा भैरहवाका कप्तान भन्छन्–आगामी खेलमा ब्याटिङ सुधार्छौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ८ अंकसहित समूह विजेता बन्दै शीर्ष स्थानमा रहेको ललितपुरले भैरहवालाई आइतबार ६ विकेटले पराजित गरेपनि भैरहवा ग्लाडियटर्स ६ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ ।
समान ६ अक रहेको काठमाडौं किङ्स—११ रनरेटका आधारमा भैरहवा भन्दा एक स्थान तल छ ।  आइतबारको खेलमा ललितपुरलाई जित दिलाउन ललितपुरका ब्याट्सम्यान जयकिसन कोल्सावाला अविजित रहँदै २२ रन बनाए भने अर्का ब्याट्सम्यान सन्दीप जोराले १८ रन बनाए ।

त्यसैगरी, ३६ बल खेलेका पवन शराफले २५ रनमा खेलिरहँदा भैरहवाका कप्तान शरद भेषावकरले बोल्ड आउट गरे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ललितपुरविरुद्ध भैरहवाका रायन टेन डोस्काटेले २ विकेट लिए भने कप्तान शरद भेषावकर र मोहमद नाभेदले समान एक—एक विकेट लिए ।

त्यस्तै, टस हारेर पहिलो ब्याटिङ गरेको भैरहवा ग्लाडियटेर्सले १९ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

भैरहवाका लागि रायन टेन डोस्काटे ३७ रनमा खेलीरहँदा भुवन कार्कीको बलमा सन्दीप जोराले क्याच आउट गरेका थिए भने अर्का ब्याट्सम्यान रविइन्दर सिंहले १५ बलमा २५ रन बनाएर खेलीरहँदा भुवन र्काीले बोल्ड गरे भने अन्य खेलाडीहरुले दोहोरो अंक बनाउन सकेनन् । भैरहवाको ब्याटिङ ध्वस्त पार्न ललितपुरका सन्नी पटेल एक्लैले ५ विकेट लिए । उनले  ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी , ललितपुरका लागि योगेन्द्रसिंह कार्की र राशिद खानले समान दुुई—दुुई विकेट लिदाँ ललित नारायण राजवंशीले एक विकेट लिएका थिए ।

“सुुरुको खेलमा पराजित हुँदा सानो—सानो गल्ती भएका थिए । पछिल्ला चार खेलमा त्यसलाई दोहोर्याएनौं,” समूह विजेता ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ले भने, “युवा खेलाडीले आफुमा विश्वस्त भएर खेलीरहेका छन् । टिममा हरेकले राम्रो गर्ने माइन्ड सेट बनाएका छन् ।”

Global Ime bank

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने टिमबाट निस्किँदा पनि आफ्नो लय कायम राखेको ललितपुरका कप्तान मल्ले भने, “यो व्यक्तिगत भन्दा पनि टिम खेल हो । त्यसैले टिममा एक दुुई जना मात्रै नभएर १५ जना हुन्छ, खेलमा सबैले राम्रो खेल्ने भनेर आएका हुन्छन् र सन्दीप पछि उनको जिम्मेवारी सम्हालेका खेलाडीले राम्रो गरे ।”

भैरहवाविरुद्ध म्यान अफ दि म्याच भएका सन्नी पटेलले आफुले नेपाली मैदानमा खेल्दा यहाँको स्थानीय खेलाडी झै साथ पाएको र यहाँ खेल्दा स्थानीय खेलाडी भएको महसुस हुनेगरेको बताए । त्यस्तै, लिगमा दोस्रो हार बेहोरेको भैरहवाका कप्तान शरद भेषावकरले पछिल्ला दुुई खेलमा ब्याट्सम्यानले लय गुमाएको र नकआउट खेलमा यो हालत नदोहोरिने बताएका छन् ।

“सुरुमा राम्रो खेल्यौं । तर, अन्तिममा खेलमा आउँदा ब्याटिङ निकै कमजोर देखियो,” उनले अगाडि भने “आजको खेलमा ब्याटिङ निकै कमजोर भयो । लिगमा एक न एक खेल यस्तो हुन्छ । त्यो आज मात्रै हो, अबको खेलमा दोहोरिँदैन ।”

“पावर प्लेमा विकेट गुम्दा समस्या भयो । रायन टेन डोस्काटे (३७ रन) लाई साथ दिने ब्याट्सम्यान भएन,” प्लेअफको खेलबारे उनले भने, “अबको खेल जित्नै पर्छ । सरकारात्मक माइन्डसेटका साथ मैदान उत्रिन्छु र टिमलाई पनि सकारात्मक रुपमा खेल्न मोटिभेट गर्छु ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC