site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हुवावेका लागि चारैतिरका ढोका बन्द हुँदै !
Ghorahi CementGhorahi Cement

एजेन्सी । अमेरिका, अष्ट्रेलिया र न्युजिल्यान्डपछि अर्का प्रमुख दुई युरोपेली बजारबाट पनि हुवावे बाहिरिनुपर्ने भएको छ । यसरी विश्वभर विभिन्न कम्पनीहरुबाट अस्वीकृत हुनुपरेपछि पछिल्लो समय हुवावे चुनौतीको चरम बिन्दुमा पुगेको छ । यस्तोमा फ्रान्सको संचार कम्पनी अरेन्जले पनि फाइभजी नेटवर्कमा हुवावेका उत्पादन प्रयोग नगर्ने बताएपछि कम्पनी फेरि विवादमा आएको हो । त्यसैगरी यता जर्मनीको दिउत्से टेलेकमले पनि हुवावेका उपकरणबारे पुनः विचार गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै बेलायती कम्पनी बीटीले पनि फाइभजी वायरलेसमा हुवावेका उपकरण नअपनाउने बताइसकेको छ ।  

चीनको सबैभन्दा ठूलो स्मार्टफोन बिक्रेता कम्पनी हुवावेमाथि सबैभन्दा पहिले अमेरिकाले आरोप लगाउँदै राष्ट्रिय सुरक्षाका निम्ति खतरा सािबत हुने ठहर गरेको थियो । यसपछि अमेरिकाको समर्थनमा अष्ट्रेलिया र न्युजिल्यान्डले पनि हुवावेलाई आफ्नो देशमा नभित्र्याउने निर्णय सुनाएका हुन् । अहिले भने अमेरिकाले आफ्ना अन्य मित्रराष्ट्रहरुलाई पनि हुवावेको प्रस्ताव ठुक्राउन दबाब दिइरहेको छ । त्यसैमाथि केही सयम अगाडि मात्र कम्पनीकी प्रमुख मेङ आनजोउ पक्राउ पर्नुले कम्पनीलाई झन विवादमा धकेलेको हो । यता हुवावेले चाहिँ आफ्नो कम्पनी कुनैपनि किसिमको खतरा नभएको दाबी गर्ने गरेको छ ।  

Agni Group

यस्तोमा फ्रान्सको सबैभन्दा ठूलो टेलिकम कम्पनी अरेन्जले शुक्रबार फाइभजी नेटवर्कमा हुवावेलाई प्रमुख स्थान नदिने उल्लेख गरेको हो । अरेन्जका परम्परागत पार्टनर नोकिया र एरेक्सनसँगै काम गर्न सहज हुने बताउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेफनी रिचार्डले हुवावेको प्रस्ताव अस्वीकार गरिएको जानकारी दिएका हुन् ।यता डिउट्से कम्पनीले पनि इन्टरनेट र त्यसमाथि पनि वायरलेस फाइभजी सुरक्षालाई ध्यानमा राख्दै चिनियाँ प्रविधिद्वारा निर्मित उपकरणको प्रयोग गर्नुअघि गम्भीर रुपमा विचार गर्नुपर्ने बताएको हो । हुवावेले भने यसबारे तत्कालै कुनै प्रतिक्रिया दिएको छैन । 

वास्तवमा हुवावे चिनियाँ सरकारका लागि काम गर्ने अमेरिकी विद्हरुको आशंका छ । यस्तोमा इन्टरनेट प्रविधिमा संलग्न हुनुले हुवावेको पहुँच झन बढाइदिने भएको हुँदा विश्लेषकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । तर यस्तो आरोपप्रति आक्रोश जनाउँदै हुवावेले भने आफू निजी कम्पनी भएको स्पष्ट पार्दै आएको छ ।  कम्पनीले गत महिना मात्र सिएनएनसँग कुरा गर्दै विश्वका ५० मध्ये ४६ ठूला संचार कम्पनी हुवावेमाथि पूर्ण विश्वास गर्ने बताएको हो । सीएनएन
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC