site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अम्बानीको विवाहमा क्लिन्टनदेखि बियोन्सेसम्मका भीआइपी उपस्थिति
Ghorahi CementGhorahi Cement

एजेन्सी । भारतका चर्चित व्यवसायी मुकेश अम्बानीकी छोरी इशा अम्बानीको विवाहमा उपस्थित अतिथिहरुबारे अहिले अत्याधिक चर्चा भइरहेको छ । भीआइपी आगन्तुकहरुकै कारण शनिबार विमानस्थलमा केही समय उडानहरु समेत अवरुद्ध भएको बताइएको छ । यसरी देशका सर्वाधिक धनी व्यक्तिद्वारा आयोजित अति भव्य समारोहमा विश्वचर्चित गायिका बियोन्सेदेखि अमेरिकी पूर्व प्रथम महिला हिलारी क्लिन्टन समेत सहभागी हुन आएकी हुन् । अहिले भने विवाहमा सहभागी सबै भीआइपी अतिथिहरुको स्वागतमा बियोन्सेले गरेको निजी कन्सर्टबारे व्यापक चर्चा भइरहेको छ । 

२७ वर्षीया ईशाको विवाह भारतकै अर्का चर्चित व्यवसायी आनन्द पिरामलसँग हुन गइरहेको छ । हाल ईशा पिताका दुई कम्पनीका बोर्डमा आबद्ध छिन् भने पिरामल पनि उत्तिकै सक्रिय व्यवसायी हुन् । यसरी औपचारिक विवाह बुधबार सम्पन्न हुने भएपनि विवाहको रमझम अहिले नै भारतमा शीर्ष खबर बनिरहेको छ ।  

Agni Group

फोब्र्सको डाटा अनुसार ४७ अर्ब डलर सम्पत्तिका मालिक अम्बानी खानदान पहिलेदेखि नै पारिवारिक समारोहहरु भव्य रुपमा मनाउन अगाडि रहँदै आएका छन् । यसकारण पनि छोरी ईशाको विवाहमा शीर्ष कलाकारहरुदेखि चर्चित खेलाडी र राजनीतिज्ञ तथा विश्वका ठुल्ठुला व्यवसायी लगायत भारतका अधिकांश हाइ प्रेफाइल व्यक्तित्वहरुले उपस्थिति जनाएका हुन् ।

यस सूचीमा विज्ञापन क्षेत्रका धनाढ्य मार्टिन शरेल, क्रिकेटर सचिन तेन्दुल्कर, व्यवसायी तथा लेखिका एरियाना हफिङटन लगायत अम्बानी परिवारको पहिलेदेखिकी मित्र हिलारी क्लिन्टन पनि रहेकी छन् । साथै यस विशाल समारोहमा सहभागी हुन आउनेमध्ये नवविवाहित जोडी प्रियंका चोपडा, निक जोनस अनि रणवीर सिंह र दिपिका पादुकोणले पनि उत्तिकै चर्चामा आएका छन् ।  –सिएनएन
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC