site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मानिसको उत्पादन क्षमतामा चस्माको प्रभाव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । विश्वका २.५ अर्ब मानिसमा कमजोर दृष्टिको समस्या भएपनि तिनहरुसँग चस्माको पहुँच छैन । त्यसमा पनि १ं१ अर्ब मानिसहरुलाई विशेषगरी नजिकका वस्तु हेर्नमा कठिनाइ हुने गरेको पाइएको छ । यस्तोमा धनी देशका नागरिकहरुले सहज रुपमा चस्माको प्रयोग गरिरहेका छन् भने यता गरिब राष्ट्रहरुमा चाहिँ आँखा सम्बन्धि व्यवस्थित अस्पताल तथा सेवाको अभाव हुँदा सीमित मानिसहरु मात्र चस्मामा निर्भर रहन सकेका छन् । जसकारण यो समस्याले मानिसको जीवनमा धेरै गम्भीर प्रभाव पारिरहेको बताइएको छ । 

कुनैपनि व्यक्तिको दृष्टि कमजोर हुनासाथै यसले मुख्यगरी उसको उत्पादकत्व क्षमतामा असर पार्दछ । किनकी हेर्नमा समस्या हुँदा यसले मानिसको काम गर्ने गति र उचित शैलीमा बाधा पुर्याउँछ । यस्तोमा एउटा च्यारिटीले प्रायोजन गरेको अध्ययन अन्र्तगत भारतमा चिया टिप्ने ७५१ जनालाई चस्मा उपलब्ध गराइएको थियो । यसपछि ११ हप्तामा निरीक्षण गर्दा खराब दृष्टि भएका कामदारलाई त्यसरी चस्मा उपलब्ध गराउनुले उत्पादन क्षमता ३९ प्रतिशतले वृद्धि भएको पाइएको हो । 

स्वास्थ्य क्षेत्रको हस्तक्षेपपछि उत्पादकत्वमा पहिलोपटक यति ठूलो सुधार आएको बताइएको हो । यस्तोमा चस्मा आवश्यक रहेका वयश्क कामदारहरुले विश्वव्यापी अर्थतन्त्रमा वार्षिक २२७ अर्ब घाटा गराउने गरेको अनुमान गरिएको छ । यसकारण पनि गरिब देशका मानिसहरुको दृष्टिमा सुधार ल्याउन सके विश्वका एक तिहाइ मानिसको जीवन स्तरमा सुधार आउनुका साथै राष्ट्रको उत्पादन क्षमतामा पनि ठूलो फरक देखा पर्ने बताइएको हो ।  –द इकोनोमिस्ट 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC