site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारी सेवा लिन घुस दिनै पर्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकमा घुसप्रवृत्ति कतिसम्म व्याप्त छ भन्ने  एउटा जिल्लाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी सर्वेक्षणले प्रष्ट्याएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश २ को सिरहा जिल्लामा गरेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी सर्वेक्षण विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार सेवा प्राप्त गर्न घुस दिनु परेको ६१ प्रतिशत सहभागीले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले अनुगमनअन्तर्गत नै सिरहा जिल्लाका सेवाग्राहीसँग सेवाको विषयमा सर्वेक्षण गरेकाे बताए ।  उनले चालु आर्थिक वर्षको मंसिर महिनामा सिरहा जिल्लामा गरेको भ्रष्टाचार नियन्त्रण अन्तरक्रियामा सय जना सेवाग्राही सहभागी भएको जानकारी दिए । सहभागीमध्ये ६१ प्रतिशतले विभिन्न सरकारी कार्यालयहरुमा सेवा प्राप्त गर्न अतिरिक्त रकम घुस दिनु परेको बताएको विवरणमा उल्लेख छ भने २६ प्रतिशतले दिनु नपरेको र १३ प्रतिशतले थाहा नभएको जवाफ दिएका थिए ।  उक्त सर्वेक्षण प्रतिवेदनबाट एउटा जिल्लामा मात्रै ६१ प्रतिशत सेवाग्राहीले सरकारी कर्मचारीलाई घुस दिनुपरेको तथ्य प्रकट भएकाले दशभरकै सरकारी कार्यालयमा घुसखाेरी कति व्याप्त छ भन्ने स्पष्ट हुन्छ । 

सर्वेक्षणमा कार्यालयबाट सेवा प्राप्त गर्न बाहिरी व्यक्तिको सहयोग लिनु पर्यो कि परेन भन्ने  प्रश्नमा ५९ प्रतिशतले लिनु परेको जनाएको छ भने ४१ प्रतिशतले परेन भनेको उल्लेख छ । सर्वेक्षणअनुसार कार्यालयबाट प्राप्त गरेको सेवाबाट ५९ प्रतिशतले असंतुष्टि जनाएका छन् भने ४१ प्रतिशतले आफू संतुष्ट रहेको जनाएका छन् ।

Global Ime bank

सुशासन (व्यवस्थापन तथा संचालन ऐन ) २०६४को २५(५) मा मनासिव कारणविना सेवाग्राहीलाई हानी नोक्सानी हुनगएमा तोकिए बमोजिम क्षतिपूर्ति दिनुपर्ने प्रावधान छ । सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली अनुसार सेवाग्राहीले निवेदन दिने, हानी नोक्सानी परिमाण विचारगरी निःशुल्क सेवा दिने तथा ५ हजारसम्म क्षतिपूर्ति दिन क्षतिपूर्ति निर्धारणसमितिले आदेश दिने उल्लेख रहे पनि सो सम्बन्धमा सेवाग्राहीहरुले गुनासो नै गर्ने नगरेको पाइएको छ ।

केन्द्रका प्रवक्ता लामिछानेका अनुसार सर्वेक्षण गर्दा सेवा प्राप्त नभए उजुरी वा गुनासो नगरेको ६९ प्रतिशतले जवाफ दिएका छन् भने ३१ प्रतिशतलेमात्रै उजुरी गरेको बताएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC