site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा काम गर्न चार महिनामा ४७ देशका ७ सय ९० जनाले लिए श्रम स्वीकृति 
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो चार महिनामा ७ सय ९० विदेशीले नेपाल भित्र काम गर्नको लागि श्रम स्वीकृति लिएका छन् । आर्थि बर्ष २०७५–०७६ सुरु भएयता साउन, भदौ, असोज र कात्तिक महिनामा ४७ देशका ती विदेशीले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएका हुन् । 

विभागको पछिल्लो तथ्याङ्कअनुसार यो आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा ४ सय ११ जना विदेशीले नयाँ श्रम स्वीकृति र ३ सय ७९ जनाले पुरानो श्रम स्वीकृतिलाई नविकरण गरेका हुन् । 

Agni Group

नेपालमा काम गर्न श्रम स्वीकृति लिने विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँहरुको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ७ सय १२ जना विदेशीले नयाँ श्रम स्वीकृति र ३ सय २९ जनाले पुरानो श्रम स्वीकृति नविकरण गरेका थिए । 

पछिल्लो चार महिनामा श्रम स्वीकृति लिने विदेशीमा ३ सय ६२ चिनियाँ छन् । चिनियाँपछि नेपालमा काम गर्नको लागि श्रम स्वीकृति लिने विदेशीको ठूलो संख्या बेलायती र अमेरिकीहरुको छ । बेलायत र अमेरिकाका २९–२९ जनाले विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । 

Global Ime bank

नेपालमा श्रम स्वीकृति लिने विदेशीमा चौथो ठूलो संख्या इटालीका नागरिकको छ । २३ इटालियनले पछिल्लो चार महिनामा श्रम स्वीकृति लिएका छन् ।  इटालियनपछि ठूलो संख्या दक्षिण कोरियाका नागरिकको छ । यो अवधिमा १८ जना दक्षिण कोरियनले श्रम स्वीकृति पाएका छन् । 

विभागकाअनुसार पछिल्लो चार महिनामा १५ जना जापानिज, १३ जना भारतीय, १३ जना फिलिपिनो, ९ जना अष्ट्रेलियन, ९ जना फ्रेन्च, ८ जना श्रीलंकन, ७ जना नाइजेरियन र ६ जना जर्मनहरुले श्रम स्वीकृति लिएका छन् । 

यस्तै, अष्ट्रिया, बंगलादेश, बेल्जीयम, बेलिज, ब्राजिल, बुल्गेरिया, क्याबोडिया, क्यामरुन, क्यानडा, कोलम्बीया, कंगो, आइभेरी कोष्ट, डेनमार्क, फिनल्याण्ड, घाना, गुयना, इन्डोनेसिया, आयरल्याण्ड, माडागास्कर, मलेसिया, माली, मेक्सीको, नेदरल्याण्ड्स, न्यूजल्याण्ड, पाकिस्तान, पोर्चुगल, रुस, स्पेन, स्वीडेन, स्वट्जरल्याण्ड, थाइल्याण्ड, टर्की, उज्बेकिस्तान र भियतनामका नागरिकले पनि नेपालमा काम गर्नको लागि पछिल्लो चार महिनामा श्रम स्वीकृति लिएका छन् । नेपालमा चिनियाँ लगानीका परियोजनाहरु बढेसँगै चिनियाँ कामदारको संख्या बढेको विभागको बुझाइ छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC