site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महासमितिः पदाधिकारी र निर्वाचन प्रक्रियामै सकस
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी र निर्वाचन पद्धतिका विषयमा अझै पनि सहमति कायम हुन सकेको छैन । महासमिति बैठकमा पेस गर्न लागिएको विधान संशोधनको मस्यौदामा पदाधिकारी कति राख्ने र निर्वाचन पद्धति के हुने भन्ने विषयमा संस्थापन र इतर पक्षबीच सहमति कायम हुन नसकेको हो ।

कांग्रेस स्रोतका अनुसार पदाधिकारी ८ जना हुने विषयमा सहमति नजिक पुगेको भए पनि निर्वाचन पद्धति के हुने भन्ने विषयमा सहमति कायम हुन सकेको छैन । ८ पदाधिकारीमध्ये सभापति, उपसभापति–२, महामन्त्री –२, सहमहामन्त्री–२ र कोषाध्यक्ष राख्नेमा नजिक पुगेको एक नेताले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय समितिको बैठक अहिले केहीबेरपछि बस्नेछ । आइतबार सिंहदरबारमा भएका छुट्टाछुट्टै छलफलमा ८ पदाधिकारी राख्ने विषयको नजिक पुगेको भए पनि निर्वाचन पद्धतिमा फरक फरक मत देखिएको थियो ।

नेता रामचन्द्र पौडेल पक्षधरले पदाधिकारी सबै निर्वाचनमार्फत आउनुपर्ने अडान राखेको छ भने सभापति शेरबहादुर देउवा पक्षधरले एक–उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष गरी ४ पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था राख्नुपर्ने पक्षमा देखिएको छ ।

Global Ime bank

केन्द्रीय समितिको बैठकले यो विषय टुंगो लगाएर महासमितिमा पेस गर्ने तयारी छ । नेता पौडेलले विधानमा अझै पनि सहमति जुटिनसकेको बताए । उनले सबै पदाधिकारी निर्वाचित हुनुपर्ने आफ्नो अडान कायमै रहेको बताए । 

तस्बिर रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC