site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानको पवमा बम बिस्फोट, ४२ घाइते
Sarbottam CementSarbottam Cement

टोक्यो । जापानको उत्तरी शहर सापोरोमा रहेको एक पवमा  गएको राति(आइतबार राति )बिस्फोट हुँदा ४२ जना घाइते भएका छन् । केहीको अवस्था नाजुक भएको होक्काइडोका प्रहरी  अधिकारी रोहेई काशिहाराले बताएका छन् ।

बिस्फोटपछिको आगलागीका कारण एउटा भवन ढल्नुका साथै ग्यास गन्हाइरहेको स्थानीय बासिन्दाले बताएका छन्  । सो क्षेत्रका भवनका झ्याल समेत फुटेका छन् । विस्फोटको कारण खुलेको छैन । बिस्फोट स्थानीय समयअनुसार राति ८ः३० बजे भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीको इमर्जेन्सी सर्भिसले विस्फोटनको अनुसन्धान गरिरहेको जनाइएको छ । भिडियोमा देखाइएअनुसार विस्फोटन निकै नै भयानक थियोे । बाटोमा क्षतविक्षत सामग्री निकालिएको छ । विस्फोटबाट झ्यालहरु नै पनि बाटोमा पुगेका छन् ।

आगो नियन्त्रणका लागि २० वटा फायर इन्जिनको प्रयोग गरिएको थियो । घाइतेको संख्या बढ्न सक्ने बताइएको छ । अर्को विस्फोटनको सम्भावनालाई लिएर फायर फाइटर्सहरुले स्थानीयलाई सचेत गराएका छन् । साप्रोमा झण्डै २० लाख मानिसको आवादी छ । (एजेन्सी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC