site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा ठूला भारु नोट प्रतिबन्धले भारतमा हल्लीखल्ली
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा सरकारले भारु १ सय भन्दा माथिका नोट प्रचलनमा रोक लगाएको विषयले छिमेकी भारतमा निकै हल्लीखल्ली मच्चिएको छ । सबैजसो भारतीय सञ्चार माध्यमले यसबारेमा निरन्तर रुपमा समाचार प्रकाशन–प्रसारण गर्दै आइरहेको बेलामा द टाइम्स अफ इण्डियाले कोलकाताबाट लेखेको सोमबार प्रकाशित समाचारमा नेपालको पछिल्लो निर्णयले भारतीय पर्यटक नेपाल जान निरुत्साहित हुने ट्राभल एजेन्टहरुलाई उद्धृत गर्दै जनाइएको छ । समाचारमा भारतमा काम गरिरहेका नेपाली नागरिकलाई पनि अब आफ्नो कमाई स्वदेश लग्न अप्ठेरो अवस्था सिर्जना भएको जनाइएको छ । 

‘‘पर्यटकको फ्लो एक हप्ताको बीचमा अहिले ४०० भन्दा बढी घटेको छ । अहिले दक्षिण पूर्वी एशियाली राष्ट्रले त्यो भन्दा बढी दैनिक रुपमा नै पर्यटक आकर्षित गरिरहेका छन् । पर्यटकको ट्राफिक कम हुनुमा विभिन्न पक्ष कारक रहेका छन् । एयर इण्डियाले कोलकाताको क्षेत्रबाट हप्तामा तीन वटा फ्लाइट गर्छ । अनिश्चित राजनीतिक परिदृश्य र आर्थिक हिसाबले पनि बिदा मनाउन नेपाल उपयुक्त नभएका कारण मानिसहरुले बरु थाइल्याण्ड र सिंगापुर जान मन पराउन थालेका छन्,’’ वायुसेवा ट्राभल एण्ड टुरिज्मका प्रतिनिधि साजनकुमार गुप्तालाई उद्धृत गर्दै समाचारमा भनिएको छ । 

नेपालमा यात्रा गर्दा यसअघि पैसा साट्नु आवश्यक थिएन तर पछिल्लो अवरोधले ठूलो परिणाममा रकमको भारी बोक्नुपर्ने वा डलर र युरो साट्नुपर्ने अवस्था आएको ट्राभल एजेन्ट्स फेडेरेसन अफ इण्डिया ( टाफी) का अध्यक्ष अनिल पञ्जाबीले बताएका छन् । 

Agni Group

भारतबाट नेपालमा तीर्थयात्रीका रुपमा थुप्रै मानिस जाने गरेको बताउँदै कोही कोही काठमाडौंमा क्यासिनो खेल्न पनि जाने गरेको तर अहिले १ सय दरभन्दा माथिको नोट लैजान नपाउँदा अप्ठेरो परेको जनाएका छन् । नारायणी हुमागाईं नामका नेपाली नागरिकलाई उद्धृत गर्दै समाचारमा भनिएको छ,‘‘भारतमा काम गर्ने नेपालीलाई बैंक खाता नहुँदा आफूले कमाएको रकम नेपाल लैजान अप्ठेरो पर्ने अवस्था आएको छ ।’’ 

उनको भनाई छ,‘‘ ठूलो संख्याका नेपालीले इलेक्ट्रिोनिक माध्यमबाट रकम पठाउँदैनन् । जसको खाता छ त्यसलाई अप्ठेरो नपर्ला तर अरुलाई त्यसले असर गर्नेछ । हामी यो विषयमा कोलकातास्थित नेपाली कन्सुलेटको कार्यालयलाई भन्नेछौं ।’’ 
कतिपय टुर अपरेटर्सहरुले भने नेपालको नयाँ नियमले आफूहरुलाई कुनै असर नगर्ने बताएको समेत समाचारमा उल्लेख छ । 

Global Ime bank

‘‘हामीले पेमेन्ट पहिला नै लिने गर्छौं । किनमेलको लागि हो भने १ सय दरका धेरै नोट लिएर जान हामीले भनेका छौं’’ ती अपरेटरहरुले भनेका छन् । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धी निर्णय गरेकोमा सरकारका प्रवक्ताले गएको बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नोटबन्दीको बारेमा बताएका थिए । 

२ वर्षअघिको राष्ट्र बैंकको निर्देशनले ५ सय र २ हजार दरका भारतीय मुद्राका नोट नेपालमा नचल्ने बनाइएको थियो  । तर, साथमा लिएर भारत जान दिइने गरेको थियो । तर, सरकारको पछिल्लो निर्णयले १ सय भारु भन्दा माथिको दरका नोट बोक्नुपनि अवैध हुने र बोक्नेलाई पक्राउ गर्न सकिने जनाइएको छ । 

नेपाल सरकारको निर्णयमा भनिएको छ, “भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न, नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।” 

हाल भारतीय सीमावर्ती क्षेत्रमा त्यसखालको नोट करिब १ अर्बको हाराहारीमा रहेको सरकारका प्रवक्ताले सो अवसरमा बताएका थिए । कतिपय भारतीय सञ्चार माध्यमहरुले भने नेपाल र भारतको सम्बन्ध राम्रो नभएका कारणले नै नेपालले यसरी भारुमा रोक लगाएको भन्ने चर्चा गर्न समेत भ्याएका छन् । 

(एजेन्सीहरुको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC