एजेन्सी । चार्ली अस्टिनले खेल सकिन पाँच मिनेट बाँकी छदाँ गरेको गोलमा साउथह्याम्पटनका प्रशिक्षक राल्फ हसेनहुटलले घरेलु मैदानमा डेब्यू जित हात पार्दा आर्सनलको अपराजित यात्रामा पुर्णबिराम लागेको बताएका छन् ।
उनले भने, "हामीलाई एकदिन पराजित हुनु नै थियो । त्यो दिन आज रह्यो । आजको जस्तै हामिले जित्न सकेनौं भने शिर्ष चारमा रहन सक्दैनौं । २२ खेलसम्म नहार्दा पनि हामी पाँचौं स्थानमा छौं । किनकी अरू टोलीले अझ राम्रो गरिरहेका छन्। हामीले अझ सुधार गरि जित्न आवश्यक छ । हाम्रो चाहना शिर्ष स्थान हो तर त्यो धेरै गाह्रो छ । अन्य टोली धेरै बलियो स्थानमा छन् । त्यसैले हामीले धेरै गर्न बाँकी छ ।"
म्याट टार्गेटको क्रसमा गोल गर्दै ड्यानी इङ्सले २०औं मिनेटमा साउथह्याम्पटनलाई अग्राता दिएका थिए । त्यसको ८ मिनेटमा हेनरिक मिखितारियनले बराबरी गोल फर्काए । ४४औं मिनेटमा नाथन रेडमन्डको पासमा इङ्सले अर्को गोल थपेपछी घरेलु टोलिले पहिलो हाफमा २-१ को अग्रता लिएको थियो ।
५३औं मिनेटमा मिखितारियनले पून: बराबरी गोल फर्काए । एलेक्जान्द्रे लाकाजेटको पासमा मिखितारियनले हानेको लामो प्रहार विपक्षी रक्षक जानिक भेस्टरगार्डको खुट्टामा ठोक्किएर गोल भएको थियो । ८५औं मिनेटमा साने लङको क्रसमा अस्टिनले हेडमार्फत गोल गर्दै साउथह्याम्पटनको तीन अंक पक्क गरे ।
"आज टोलीले जुन उपलब्धि हासिल गर्यो त्यो अभुतपुर्व छ । टोलीमा आधरभुत परिवर्तन गर्नुपर्ने यो गहन समय छ," साउथह्याम्पटनका प्रशिक्षक हसेनहुटलले, "मलाई गौरवान्वित छु । खेलाडीले अन्तिम समयसम्म डटेर खेले । खेल जित्दा यहाँको अभुतपुर्व माहोलले मलाई बिशेष महशुस गराएको छ ।"
हारसंगै आर्सनलको २२ खेलसम्मको अपराजित यात्रामा पुर्णबिराम लागेको छ । जितसंगै साउथह्याम्पटन रेलिगेशन क्षेत्रबाट माथी उक्लिएको छ । १७ खेलबाट १२ अंक बटुलेको साउथह्याम्पटन १७औं स्थानमा छ भने समान खेलबाट ३५ अंका जोडेको आर्सनल पाँचौ स्थानमा छ ।