site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युनाइटेडलाई हराउदै लिभरपुल फेरि शीर्ष स्थानमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । जर्दान साकिरीले बेन्चबाट दुई गोल गरेपछि लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई ३-१ले  हराउँदै इङलिस प्रीमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

म्यानचेष्टर सिटीले शनिबार एभर्टनलाई पराजित गरेपछि लिभरपुललाई जित आवश्यक थियो । बैकल्पिक खेलाडी साकिरीले दोस्रो हाफमा बेन्चबाट गएर दुई गोल गरेपछि लिभरपुलले घरेलु मैदानमा तीन अंक पक्का गरेको हो । 
सडियो मानेले २४औं मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । गोककिपर एलिसनले गरेको गल्तीमा युनाइटेडले बराबरी गोल फर्कायो । रोमेलु लुकाकुको क्रसलाई जेसे लिङ्गार्डले पोष्टको दिशा दिएका थिए । 
क्लोपले ७०औं मिनेटमा नाबी केइटाको स्थानमा साकिरीलाई छिराएपछि युनाइटेडलाई लिभरपुलको आक्रमण रोक्न कठिन भयो । मैदान छिरेको तेस्रो मिनेटमै गोल गरेका साकिरीले ८०औं मिनेटमा अर्को गोल थपेका थिए ।  
पाउल पोग्बालाई बेन्चमै थन्काएका जोजे माउरिन्होले मारोउने फेलानीलाई दोस्रो हाफको शुरूमै मैदान छिराए पनि उनी प्राभवकारी बन्न सकेनन् । 
"बलियो टोलीले जित्छ । तर उनीहरूले हामी भन्दा कमजोर भएको अवस्थामा जिते," युनाइटेडका प्रशिक्षक माउरिन्होले भने, "सुरूको २० मिनेट दुई टोलीबीच धेरै भिन्नता थियो । उनीहरू हामीभन्दा धेरै राम्रा थिए । त्यतिबेला उनीहरू जे पनि गर्न सक्ने अवस्थामा थिए । तर पछि उनीहरूको खेल खस्किसकेको थियो ।"
जितसंगै १७ खेलबाट ४६ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ । जुन छैटौं स्थानमा रहेको युनाइटेड भन्दा १९ अंकले बढी हो भने दोस्रो स्थानको सिटीभन्दा १ अंकले बढी हो ।
"आज खेलाडीले असाधारण प्रदर्शन गरे । युनाइटेडको टिम हेरेपछि कसरी रोक्ने भन्ने भएको थियो," लिभरपुल प्रशिक्षक क्लोपले भने, "पहिलो गोल उत्कृष्ट रह्यो । साकिरीले उत्कृष्ट खेले । हामी जितका लायक थियोें ।" 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC