site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेसीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित 
Ghorahi CementGhorahi Cement

एजेन्सी । लियोनल मेसीको ह्याट्रिक गर्नुका साथै अर्को दुई गोलमा अवसर सिर्जना गरिदिएपछि बार्सिलोनाले आइतबार लेभन्टेलाई ५-० ले हराउँदै स्पेनिस ला लिगाको शिर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिएको छ । 

साविक बिजेता बार्सिलोना एट्लेटिको मड्रिड र सेभियासँगै शीर्ष स्थानमा थियो । एट्लेटिको र सेभिया दुबैले यस हप्ता विजयी नतिजा निकालेका थिए । तर आइतबार राति दस खेलाडीमा रहेर खेलको अन्त्य गरेको लेभान्टेमाथि सहज जित निकाल्दै बार्सिलोनाले ३ अंकको अग्रता लिएको हो । 

Agni Group

मेसीको क्रसमा लुइस स्वारेजले गोल गर्दै ३५औं मिनेटमा बार्सिलोनालाई अग्रता दिएका थिए । ४३औं मिनेटमा ब्यक्तिगत पहिलो गोल गरेका मेसीले ४७औं मिनेटमा अर्को गोल थपे । अर्टुरो भिडालको पासमा मेसीले ६०औं मिनेटमा ह्याटि्रक गरेका मेसीले ८८औं मिनेटमा गोलको अवसर सिर्जना गरिदिएका थिए । इरिक कबाकोले ७६औं  मिनेटमा रातो कार्डको समना गरेपछी घरेलु टोली लेभन्टेले बाँकी समय दस खेलाडीमा खेलेको थियो । 

गत सिजन बार्सिलोना लेभन्टेसंग ५-४ ले पराजित भएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC