साहित्य
बैंकक । सन् २०१८को मिस युनिभर्समा फिलिपिन्सकी क्याट्रिओना ग्रे विजयी भएकी छन् । थाइल्याण्डकको बैंककमा गएराति फाइनल प्रतिस्पर्धा भएकोमा २४ वर्षीया फिलिपिनो युवती क्याट्रिओना मिस युनिभर्स बन्न सफल भएकी हुन् । प्रतियोगितामा ९४ प्रतियोगी सहभागी थिए । नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा भने टप १० सम्म मात्रै पुग्न सफल भएको जनाइएको छ । (एजेन्सी)
प्रकाशित मिति: सोमबार, पुस २, २०७५ १०:५९
प्रतिक्रिया दिनुहोस्