site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रोहिंग्या र पाकिस्तानी शरणार्थीबारे प्रहरीको निष्कर्ष–धार्मिक द्वन्द्वको खतरा उत्पन्न हुन सक्छ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानी काठमाडौंमै म्यान्मारबाट धपाइएका रोहिंग्या शरणार्थी केही वर्षदेखि बस्दै आएको भए पनि पाकिस्तानका शरणार्थी पनि रहेको पाइएको छ ।  सन् २०१२ मा म्यानमारमा हिंसा फैलिएपछि  विस्थापित भएका ११३ परिवार रोहिंग्या मुस्लिम समुदाय काठमाडौंको कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा बस्दै आएका छन् । रोहिंग्याबारे धेरैलाई जानकारी भएपनि १३ परिवारका ४१ पाकिस्तानी नागरिक पनि वुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ र ८ हात्तिगौडामा बस्दै आएको सुरक्षा स्रोतले बताएको छ । 

तर, नेपाल सरकारले उनीहरुबारे चासो नदिँदा भविष्यमा सुरक्षा चुनौती हुन सक्ने सम्भावना देखिएको छ । म्यानमारबाट सन् २०१२ देखि रोहिंग्या  शरणार्थी भारतको जोगवनी हुँदै विराटनगरबाट काठमाडौं पुगेका हुन् ।

“हामीलाई म्यानमारबाट बंगलादेश हुँदै भारतकोे बाटो भएर बिरानगरबाट काठमाडौं आइपुग्न ३ महिना लाग्यो,’’ कपनस्थित राममन्दिर इलाकाको शिविरमा बस्दै आएका मोहम्मद आवुताकिरले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

लसुनटार र राममन्दिर क्षेत्रका ३ स्थानमा शिविर निर्माण गरी उनीहरु बस्दै आएका छन् । उनीहरु स्थानीयको जमिन भाडामा लिएर बस्दै आएका हुन् । 

Global Ime bank

नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोग (युएनएचसीआर) को  कार्यालयले उनीहरुलाई परिचयपत्र दिएको छ । युएनएचसीआरले  नै टहरा, खानेपानी, खाद्यान्न लगायतमा सहयोग गर्दै आएको उनीहरु बताउँछन् । पाकिस्तान र म्यान्मारबाट नेपाल आएका शरणार्थीबाट पछि सुरक्षा खतरा उत्पन्न हुन सक्ने सम्बद्ध विज्ञहरुको भनाइ रहेको छ । रोहिंग्या शरणार्थी नेपाल भित्रिने क्रम भने अहिले पनि रोकिएको छैन ।

सरकारको नेतृत्व गरिरहेको तत्कालीन नेकपा एमाले (हाल नेकपा) ले २०७४ असोजको केन्द्रीय समितिको वैठकबाट रोहिंग्या शरणार्थी नेपाल प्रवेशमा रोक लगाउन माग गरेको थियो । तर हाल तत्कालीन एमालेकै अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेपनि रोहिंग्या  र पाकिस्तानी शरणार्थीको व्यवस्थापनबारे कुनै कदम चालिएको छैन । 

म्यानमारमा रोहिंग्या समुदायमाथि त्यहाँको सेनाले कारबाही चलाएपछि उनीहरु देश छाडेर हिंडेका हुन् । नेपाल प्रहरीले तत्कालका लागि केही खतरा उत्पन्न नभएपनि पाकिस्तानी र रोहिंग्या शरणार्थीबाट भविश्यमा खतरा उत्पन्न हुन सक्ने निष्कर्ष निकालेको छ । 

\"\"

नेपाल प्रहरीको एक प्रतिवेदनमा भनिएको छ,‘‘रोहिंग्याले नागरिकता प्राप्ती, जग्गा फिर्ता तथा स्वतन्त्र हिँडडुुल गर्न पाउनुपर्ने जस्ता मागहरु म्यानमार सरकारसँग राख्ने तथा सोही माग राखेर भावी दिनमा नेपालमा पनि आन्दोलित हुनसक्ने अवस्था छ ।’’

प्रतिवेदनमा भविष्यमा पाकिस्तानी र रोहिंग्या शरणार्थी बढ्दै गएको अवस्था चिन्ताजनक हुने उल्लेख गर्दै भनिएको छ,‘‘स्थानीय समुदाय र रोहिंग्या शरणार्थीबीच रहनसहन तथा साँस्कृतिक विविधताले गर्दा भविष्यमा जातिय तथा धार्मिक द्वन्द्व हुन सक्ने देखिन्छ ।’’

मुश्लिम  समुदायको सन्तानबारेको सोचले नेपालमै प्रजनन् भइ रोहिंग्याको संख्या बढ्ने सम्भावना पनि रहेको जनाइएको  छ । ‘‘हाल उनीहरु ज्यालादारी गरिरहेका छन् । तर भविष्यमा काम नपाउने अवस्था आए उनीहरु अपराधिक क्रियाकलापमा संलग्न हुनसक्छन् ’’ बाह्रखरीलाई प्राप्त प्रतिवेदनमा भनिएको छ ।

तस्बिर सरिता खड्का 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC