मनोज गजुरेल स्टारर ‘सयकडा दश’को पोस्टर रिलिज

मनोज गजुरेल स्टारर ‘सयकडा दश’को पोस्टर रिलिज

काठमाडौं । भ्रष्टाचारविरुद्ध सदाचारको सन्देशसहित निर्माण गरिएको चलचित्र ‘सयकडा दश’ले पोस्टर सार्वजनिक गरेको छ । मनोज गजुरेल स्टारर सोसल ड्रामा चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका अधिकांश मुख्य कलाकार फिर्चड छन् । 

माघ १८ गते अल नेपाल प्रदर्शन हुने चलचित्र ‘सयकडा दश’ मनोज गजुरेलको पहिलो फिचर फिम्म हो । पोस्टरअनुसार फिल्मको बटम लाइन ‘करप्सन भर्सेस लभ’ भएको बताइएको छ । 

रामशरण पाठकले निर्देशन गरेको चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको कथा भन्ने बताइएको छ । 

चलचित्रमा मनोजसँगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने लगायत कलाकारको अभिनय छ । 


 

प्रतिकृया दिनुहोस
ad