site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज छन् : वरिष्ठ नेता पौडेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरु सिद्धान्तमा अझै ‘कन्फ्यूज’ रहेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा कांग्रेस गोरखाले सोमबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पार्टीका नेताहरु अहिले पनि समाजवाद कि जनवाद भनेर रुमल्लिरहेको दाबी गरे । 
‘‘अहिले पनि केपी ओली जनवाद भनेर भन्दै हुनुहुन्छ अनि प्रचण्डचाहिँ समाजवाद भन्दै हुनुहुन्छ । उहाँहरु अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ,’’ उनले भने । सिद्धान्तमा नै ‘कन्फ्यूज’ भएको शक्तिले मुलुकमा समृद्धि ल्याउन नसक्ने नेता पौडेलले दाबी गरे । कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण कम्युनिष्ट नेतृत्वको सरकार गतिहिन बनेको उनको भनाइ थियो । 
नेपालका कम्युनिष्टहरु नारा लगाउन सिपालु भएको बताउँदै पौडेलले भने, ‘‘कम्युनिष्टहरु थुतुनो चलाउन सिपालु छन् । काम गर्ने ढंग छैन । त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ ।’’ सरकारले आफ्नो कामको प्राथमिकता छुट्याउन नसकेको आरोप लगाउँदै उनले देशभर कांग्रेसका पालामा बनेको कच्ची सडकलाई पिच गर्न समेत नसक्ने सरकारले समृद्धि ल्याउँछ भन्ने कल्पना गर्न नसकिने टिप्पणी गरे । 
सुशासनको चर्को भाषण गर्ने केपी ओली नेतृत्वको सरकार काण्डै–काण्डमा फसेको जिकिर गर्दै पौडेलले भने, ‘‘वर्तमान सरकार वाइडवडी काण्ड, सुन काण्ड, चिनी काण्डलगायतका काण्डै–काण्डमा मुछिएको छ ।’’
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC