मलाई तर्क गर्नु छैन, देश विकास गर्नु छ : प्रधानमन्त्री ओली

(सम्बोधनको पूर्णपाठसहित)

मलाई तर्क गर्नु छैन, देश विकास गर्नु छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई तर्क, बहसमा रुची नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, “पछिल्लो अवधिमा मैले केही अनौठो व्यवहारको अनुभूति गरेको छु । ‘सरकार के गर्दैछ, पत्तो भएन’ भनेर प्रश्न उठाइयो । के गर्दैछ, भन्ने जवाफ दिन्छु । अनि प्रतिप्रश्न आउँछ– प्रधानमन्त्री किन बोलेको ? बोल्न नहुने रहेछ क्यारे भन्ने ठानेर चुप रहन्छु, प्रश्न उठाइन्छ– खै जवाफ दिएको ? केही गर्न खोजिन्छ– सोधिन्छ, त्यो किन गरेको ? केही नगर्दा त प्रश्न उठ्ने नै भयो– खै काम गरेको ?”

उनले थपे, “मलाई कुनै तर्क र बहसमा रुची छैन । गर्नुपनि छैन, गर्नुछ त मुलुकको विकास । अब पनि यो देशको विकास नहुने हो भने कहिले र कसले गर्छ ? त्यसैले आज यस सम्मानित सदनमा म उठेका वा उठाइएका रङ्गीविरङ्गी प्रश्नलाई सम्बोधन गर्नुभन्दा पनि यस आर्थिक वर्षको नीति–कार्यक्रम  तथा बजेट कार्यान्वयनको स्थितिका बारेसंक्षेपमा राख्ने अनुमति चाहन्छु ।”

सम्बोधनको पूर्णपाठ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

'राजतन्त्र व्यूँताउने सपना देखेर हिँडेको देख्दा अचम्म लाग्छ'

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केही साथीहरु  राजतन्त्र व्यूँताउने सपना देखेर हिँडेको

प्रधानमन्त्री ओली र श्रीलंकाका समकक्षीबीच फोन वार्ता 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको

श्रीलंकामा भएको आक्रमणबाट प्रधानमन्त्री ओली दुःखी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा शृंखलाबद्ध बम आक्रमणमा परेर निर्दोष मानिस मारिएको खबरले आफू अत्यन्त दुखित भएको जनाएका

ओलीलाई कालो झण्डा देखाउने घिमिरे सांसदका उमेदवार

काठमाडौं । रुपन्देहीको बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका व्यक्ति भएको खुलेको छ