site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सुरु भएकै हो त फेसबुकको खराब दिन ?
Sarbottam CementSarbottam Cement

बीबीसी । बितेको वर्ष अर्थात सन् २०१८ मा फेसबुकमाथि थुप्रैखाले आरोप लागेको हामीले देख्यौँ, सुन्यौँ । हामीले सुन्यौँ र पढ्यौँ पनि, फेसबुकले आफ्ना युजर्सको निजी डाटा बेच्न थालेको छ । यसबारे फेसबुकका संस्थापक मार्क जुकरबर्गले अमेरिकी सिनेटसामु सवालजवाफमा हाजिरसमेत हुनुपर्यो । 

फेसबुकले आफ्नो कमजोरी स्वीकार्दै यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जाहेर गर्यो । उसले विभिन्न बाचा गरे पनि प्रयोगकर्ताको मनमा फेसबुकप्रति आशङ्का भने कायमै छ । समग्रमा भन्नुपर्दा लामो समयदेखि फेसबुकले भोग्दै आएको सुखद समय २०१८ सम्मै कायम रह्यो । अब भन्न थालिएको छ, फेसबुकको खराब समय २०१९ मा सुरु हुनेवाला छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अनुमान यो पनि गर्न थालिएको छ कि आगामी १२ महिनामा फेसबुकमाथि ठूलो जरिबाना हुन सक्छ । आयरल्यान्डको डाटा प्रोटेक्सन समितिले गत डिसेम्बरमा फेसबुकका विरुद्ध जाँच सुरु गर्ने घोषणा गरेको थियो । यसका अतिरिक्त अन्य कतिपय मुलुकले पनि फेसबुकमा आफ्ना नागरिकको डाटा असुरक्षित रहेको बताउँदै आएका छन् । यसकारण फेसबुकले गम्भीर नतिजा भोग्नुपर्ने दिन आउन सक्ने तिनको भनाइ छ । 

इन्टरनेसनल एसोसिएसन अफ प्राइभेसी प्राक्टिसनर्स (आईएपीपी) का निर्देशक केट कोलेरीले भने, ‘हाम्रो मुख्य उद्देश्य के हो भने, यस्ताखाले गडबडी नियन्त्रणका लागि सही उपाय अपनाइयोस् । र, यस्ता उपायले काम गरेनन् भने प्रशासनिकस्तरमै जाँच गर्नेछौँ ।’ समितिको फैसलाले फेसबुकलाई निकै ठूलो चुनौतीको भागिदार बनाउनसक्ने बताइन्छ । 

Global Ime bank

युरोपेली सङ्घको जनर डाटा प्रोटेक्सन रेग्युलेसन (जीडीपीआर)का अनुसार यदि फेसबुकले गल्ती गरेको प्रमाणित भयो भने उसले आफ्नो समग्र कमाइको ४ प्रतिशत हिस्सा जरिबानाका रुपमा तिनुपर्नेछ । यस हिसाबमा हेर्दा फेसबुकमाथि लाग्न सक्ने जरिबाना रकम १५० करोड अमेरिकी डलर हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC