site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एमसिए–नेपालको कार्यकारी निर्देशकमा विष्ट नियुक्त, ६३ करोड अमेरिकी डलरको परियोजना सञ्चालन गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालको कार्यकारी निर्देशकमा खड्गबहादुर विष्टलाई नियुक्त गरिएको छ । एमसिए–नेपाल अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसि)बाट प्राप्त हुने ५० करोड अमेरिकी डलर बराबरको अनुदान रकम उपयोग गर्दै परियोजना कार्यान्वयन गर्नको लागि नेपाल सरकारले स्थापना गरेको संस्था हो ।  

“नेपाल सरकारको संस्था मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए–नेपाल)ले आफ्नो कार्यकारी निर्देशकमा खड्गबहादुर विष्टलाई नियुक्त गरेको छ,” एमसिए–नेपालद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, “२०७५ पुस १३ गते बसेको एमसिए–नेपालको छैठौ संचालक समितिको बैठकले सो विषयमा निर्णय गरेको हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

विष्टसँग पूर्वाधार तथा उर्जा क्षेत्रमा नेतृत्वदायी पदमा आवद्ध रहि काम गरेको २५ वर्ष भन्दा लामो अनुभव छ । हाल उनी हिमाल पावर लिमिटेडको खिम्ति–१ जलविद्युत् परियोजनामा प्लान्ट म्यानेजरको रुपमा कार्यरत छन् । उनी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईप्पान)का पूर्वअध्यक्ष तथा संथापक सदस्य समेत हुन् । 

“एमसिए–नेपालको संचालक समितिद्वारा गठित छनौट समितिले प्रतिस्पर्धात्मक प्रक्रियाबाट विष्टको छनौट गरेको हो । विष्टले कार्यकारी निर्देशकको हैसियतमा ६३ करोड अमेरिकी डलर बजेट रहेको विद्युत् प्रसारण परियोजना र सडक मर्मत परियोजनाको कार्यान्वयन तथा व्यवस्थापन गर्ने छ, जसमा ५० करोड डलर एमसिसिको पुँजी रहने छ भने थप १३ करोड डलर नेपाल सरकारको तर्फबाट लगानी हुनेछ,” विज्ञप्तिमा जनाइएको छ । 

Global Ime bank

एमसिए–नेपालले अमेरिकी सहयोगमा काठमाडौंको लप्सिफेदीदेखि नवलपरासीको सुनवलसम्म ३ सय ५ किलोमिटर, ४ सय केभिको प्रसारण लाइन र नेपालमा क्षेत्रीय उर्जा व्यापार उत्थान गर्न र विद्युतको उपलब्धता र विश्वसनीयतामा सुधार गर्न भारतको गोरखपुर सम्म प्रसारण संजाल तयार गर्ने योजना समेत बनाएको छ । एमसिए–नेपालको विद्युत प्रसारण परियोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना भनी तोकेको छ, जसमा तीन वटा सबस्टेसनको निर्माण समेत समावेश गरिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC