site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मलाका बुवा यज्ञराजको चेतावनी– आमा दुर्गाले राहत बुझे आत्महत्या गर्दिन्छु (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तका परिवारलाई सरकारले दिएको राहतमा विवाद भएको छ । निर्मलाको परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भीमदत्त नगरपालिकाले ३ राहत राहत रकम सहयोग गर्ने घोषणा गरेका थिए । 

उनीहरुले हालसम्म राहत बुझेका छैनन् ।, तर बुधबारमात्रै निर्मलाकी आमाले आफ्ना बाँकी दुई छोरीको भविष्यको लागि राहत बुझ्ने  बताएकी थिइन् । निर्मलाका बुवा यज्ञराज पन्तले भने सरकारले दिएको राहत रकम बुझे दुर्गादेवीको घरको दैलोमा गएर आत्महत्या गर्ने चेतावनी दिएका छन् । यज्ञराजले सडकमै सबैको अगाडि दुर्गादेवीलाई धम्की दिएको भिडियो सार्वजनिक भएको छ । यज्ञराजले कान्छी श्रीमतीको रुपमा लक्ष्मी भट्टलाई भित्र्याएपछि १२ वर्षदेखि छुट्टै घरमा बस्दै आएका थिए । मजदुरी गरेर दुर्गाले छोरीहरुको व्यवस्थापन गर्दै आएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राहतकै रकम बाँडफाँटको विषयमा अहिले निर्मलाको परिवारमा विवाद चुलिएको छ । स्थानीयले भने कान्छी आमा र बावुले राहत रकममा भाग खोजेपछि विवाद चुलिएको बताउँदै आएका छन् । निर्मलाकी आमा दुर्गाले डिएनए म्याच र राहत बुझ्ने बताएपछि निर्मलाका बाबु यज्ञराज र सोतैनी आमा लक्ष्मीले राहत बुझेकै दिन दुर्गाकै घरमा आएर आत्महत्या गर्ने घोषणा गरेको स्थानीयको आरोप छ । यज्ञराजकी कान्छी श्रीमतीले भने राहत रकममा भाग नखोजेको बताइन् । उनले भनिन्, ‘‘न्याय नपाएसम्म राहत बुझ्दैनौं । यदि दुर्गा (निर्मलाकी आमा) ले राहत बुझे उहाँले (यज्ञराजले) घरमै गएर आत्महत्या गर्छु भन्नुभएको छ ।’’

निर्मलाकी आमा दुर्गाले डिएनए म्याचका लागि रगत दिएसँगै राहत बुझ्ने बताएपछि यज्ञराजले उनलाई भोलिपल्टै यस्तो चेतावनी दिएका हुन । बुधबार निर्मलाकी आमा दुर्गाले प्रहरीमा निवेदन दिएर निर्मलाकै योनीबाट भेजाइनल स्वाब निकालिएको हो वा होइन भनी यकिन गर्नका लागि रगतको नमुना दिएकी थिइन् ।

Global Ime bank

निर्मलाका बावु यज्ञराज र सौतेनी आमा लक्ष्मीले घरपरिवारसँग सल्लाह नै नगरी अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् । तर, निर्मलाकी आमा दुर्गाले न्याय पर्खिंदा–पर्खिंदा दुई छोरीमाथि पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्ने बताएकी थिइन् । 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC