site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पृथ्वीनारायण शाह नभएको भए शिर ठड्याउन पाउने थिएनौँः प्रधानमन्त्री ओली
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन् ।

२९७ औं पृथ्वी जयन्तिका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिएका हुन् ।
“उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रुपमा विश्व मानचित्रमा नेपाल उभिनै सक्ने थिएन,” प्रधानमन्त्रीले सन्देश जारी गर्दै भनेका छन्, “राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रुपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन ।”

Agni Group

प्रधानमन्त्री ओलीले नेपाली जातिको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्  । “उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, साँस्कृतिक लगायतका अनेक विविधताका बीच मजबूत एकताको आधार तयार गर्नुभयो,” शुभकामना सन्देशमा भनिएको छ, “अनेकताबीचको एकताको गौरवमय परम्पराको विजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकता बीचको एकता नेपालको पहिचान बनेको छ ।” संसारका अधिकांश देश उपनिवेशवादको चंगुलमा परेकाबेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । “पृथ्वीनारायण शाहको स्मरण गर्दै गर्दा प्रतीकात्मक रुपमा हामी एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असंख्य ज्ञात–अज्ञात योद्धाहरुप्रति समेत श्रद्धाञ्जली व्यक्त गरिरहेका छौँ,” प्रधानमन्त्रीले भनेका छन्, “पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्यताप्रति हामी सदैव गौरव गर्दछौं ।” 

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मान सहितको समतामूलक समाज सुनिश्चित गरेको बताएका छन् । “हामी राज्य सञ्चालनका आधुनिक लोकतान्त्रिक विधि अनुरुप अघि बढिरहेका छौं । आजको युगमा अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानका आधार हुन्,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC