site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
प्राविधिको नयाँ युग सुरु–आधुनिक गाडीदेखि फोल्डिङ फोनले बजार लिने 
Sarbottam CementSarbottam Cement

एजेन्सी । सन् २०१९ को सुरुवातसँगै हामी आधुनिक प्रविधिको नयाँ युगमा प्रवेश गरिसकेको विशेषज्ञहरुको भनाइ छ । यसरी एक्लोपना हटाउने मित्रवत् रोबटदेखि अत्याधिक गतिको इन्टरनेट, आवाजबाट नियन्त्रित डिभाइसहरु, साधारण सवारी साधनलाई प्रतिस्थापन गर्ने आधुनिक गाडी, फोल्डिङ फोन लगायतका नयाँ आविस्कारले नै यस वर्ष सिइएस अर्थात ‘कन्ज्युमर टेक्नोलोजी असोसिएसन’ ले आयोजना गर्ने प्राविधिक तथा व्यवसायिक प्रदर्शनीलाई उत्साहजनक बनाइरहेको छ । यस्तोमा प्रविधिक हिसाबले २०१९ धेरै प्रभावकारी वर्षका रुपमा देखा पर्ने बताइएको हो ।  

जसमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात एआइको क्षेत्रमा सबैभन्दा ठूलो सुधार देख्न सकिने बताइएको छ । जस्तै २०१८ मा अमेजोनले ल्याएको अलेक्सा स्मार्ट स्पिकर धेरै चर्चित बन्न पुग्यो । हाम्रो आवाजको निर्देशनमा काम गर्ने अलेक्साले गीत बजाउनदेखि अलाम राख्न, मौसम, खेलकुद लगायतका प्रत्यक्ष जानकारी समेत दिन सक्छ भने सामान्य मानवीय अन्र्तक्रिया गर्न पनि सक्षम रहेको छ । यस्तोमा अब प्राविधिक कम्पनीहरुले आफैँ चल्ने ‘सेल्फ ड्राइभिङ’ कारलाई सुरक्षित र प्रभावकारी बनाउन एआइको विकासमै ध्यान दिइरहेका छन् । 
त्यस्तै टेलिभिजनमा पनि तस्बिरको गुणस्तर लगायतका निकै जटिल प्राविधिक सुधार ल्याउन सामसुङ, प्याननसोनिक, हिसेन्स लगायतका कम्पनीहरु लागि परेका छन् । यही वर्ष निर्माणकर्ताहरुले ८० इन्चका टेलिभिजन सेट, आठ हजार भन्दा बढी पिक्सेलको सुपर एचडी स्क्रिन र आवाजबाट नियन्त्रण गर्न मिल्ने जस्ता नयाँ फिचर ल्याउने तयारी गरिरहेको बताइएको छ ।   

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी फाइभजी टेक्नोलोजी पनि वास्तविकतामा परिणत हुने प्राविधिक विज्ञहरुको दाबी छ । वर्षौँदेखि चर्चा गरिँदै आएको वायरलेस फाइभजी टेक्नोलोजीले इन्टरनेट गतिलाई अत्यन्तै तिव्र बनाइदिनेछ जुन २०१९ को अन्त्यतिरै आइसक्ने बताइएको छ । यस अन्र्तगत स्मार्टफोनहरुले १० जीबी प्रति सेकेन्डको गति सपोर्ट गर्न सक्ने हुँदा यो प्राविधिले औद्योगिक क्षेत्रलाई नयाँ स्तरमा पुर्याउने विश्वास गरिएको छ । 

त्यसैगरी २०१८ मा अमेरिकासँगको व्यापार युद्धपछि विचलित बनेका चिनियाँ कम्पनीहरु पनि कठोर प्रतिस्पर्धाका निम्ति आधुनिक उपकरणहरुको विकासमा अत्यन्तै जोड दिने अनुमान गरिएको छ । जस्तै अहिलेको डीजेआइ मिनी गिम्बल क्यामराको मोडल सम्पन्न भएमा यसको शक्तिशाली लेन्सले गोप्रो जस्तो प्रख्यात कम्पनीलाई समेत सजिलै हराउन सक्ने बताइएको छ । यसैगरी अलक्साको दोस्रो भर्जनका लागि पनि निर्माताहरु उत्साहित रहेका छन् । त्यस्तै लोप हुँदै जाने प्रविधिमा चाहिँ थ्रिडी प्रिन्टिङको नाम लिइएको छ । यस वर्ष थ्रीडी प्रिन्टिङको ज्यादै कम उपयोग हुने बताइएको हो ।  – सिएनएन

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC