site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुमार्गीको लगानी, खड्काको सम्पत्ति र वाइडबडी भ्रष्टाचारमा पत्रिकाको ध्यान केन्द्रित
Ghorahi CementGhorahi Cement

नेपालका प्रमुख दैनिक पत्रिकाले भ्रष्टाचारको समाचारलाई प्रमुखताका साथ प्रकाशित गर्न थालेका छन् । कुनै एक भ्रष्टाचारको समाचारलाई एउटा पत्रिकाले महत्त्व दिए अन्य पत्रिकाले कम महत्त्व दिने परिपाटीको क्रमशः अन्त्य हुने लक्षण देखिएको छ । गएको साता प्रधानमन्त्रीको सम्बोधनलाई पत्रपत्रिकाले ज्यादा महत्त्व दिएनन् तर भ्रष्टाचारका समाचार प्रकाशित गर्न भने एकापसमा प्रतिस्पर्धा गरेको देखियो ।

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पुस १० गते अजेयराज सुमार्गीको विदेशबाट आएको लगानीको रकम खुला गरिदिनु भनी नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश गरेका थिए । सो आदेशअनुरुप सुमार्गीले मुक्तिश्री सिमेन्टको नाममा आएको करिब रु. ८४ करोड रुपैयाँ निकालेका थिए । तर, मंगलवार सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो रकम पुनः बैंकमा जम्मा गराउनु भन्ने आदेश दियो ।

कान्तिपुरले यस समाचारलाई “पैसा निकालेपछि सर्वोच्चको आदेश” स्गल राख्दै सर्वोच्चले खाता रोक्नू भनेको आदेशलाई मुख्य समाचार बनायो । नागरिकले पनि “सुमार्गीको खाता रोक्का” शीर्षकको समाचार प्रकाशित ग¥यो । यही समाचारलाई गोरखापत्रले पनि सानो आकारमा तर पहिलो पृष्ठमै प्रकाशित ग¥यो ।

Agni Group

नागरिकले शुक्रवार सुमार्गीको सम्बन्धमा थप ठूलो समाचार प्रकाशित ग¥यो । सो समाचारमा ‘नेपालमा विदेशबाट भित्राएको रकम शंकास्पद देखिएमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने हुन्छ,’ भन्ने सर्वोच्चको भनाइ राख्दै नेपाल राष्ट्र बैंक आफैँले कारोबार शंकास्पद भनी स्वीकार गरेको विषयमा हालसम्म के कारबाही भएको छ भन्नेबारे स्पष्ट नभएको भन्ने सर्वोच्चको भनाइलाई पनि समाहित गरिएको छ । यो समाचारलाई कान्तिपुरले पनि मुख्य समाचार बनाएर प्रकाशित गरेको छ ।  

सुमार्गीका सम्बन्धमा सबै पत्रिकाले एकै स्वरमा आवाज बुलन्द गर्न नसके पनि नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध करिब साढे १८ करोडको मुद्दा दायर गरिएको समाचारलाई भने सबै पत्रिकाले प्रकाशित गरे, धेरैले त मुख्य समाचारै बनाए ।  मूलतः नागरिक दैनिकले सुरु गरेको आयल निगमको जग्गा खरिदको विषयमा भएको भ्रष्टाचारको समाचार अन्ततः खड्काको अकुत सम्पत्तिको मुद्दासम्म मात्र पुगेको छ । यो मुद्दाको विषयलाई नागरिक दैनिकले सबैभन्दा ठूलो स्थान दिनु त स्वाभाविकै हो तर गोरखापत्रले समेत यस समाचारलाई प्रधानमन्त्रीको समाचारभन्दा माथि र महत्त्वपूर्ण स्थान दिएर अख्तियार दुरुपयोग अनुसन्न्धान आयोगको यो कदममा सरकारको साथ भएको सन्देश दिएको छ । कान्तिपुर तथा अन्नपूर्ण पोस्टले पनि समाचारलाई महत्त्वका साथ प्रकाशित गरे भने नयाँ पत्रिका र राजधानीले पनि प्रथम पृष्ठको समाचार बनाए ।

Global Ime bank

भ्रष्टाचारको सिलसिलामा अर्को समाचार गत साताजस्तै यो साता पनि नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा एयरबस ए ३३० विमानको सम्बन्धमा रहेको छ । शुक्रवार नयाँ पत्रिकाले वाइडबडी जहाज किन्न २१ बैठक बसेको र त्यसमा कस्को के भूमिका रहेको भन्ने विवरणसहित मुख्य समाचार प्रकाशित ग¥यो । यसै विषयलाई लिएर कान्तिपुरले शनिबार “वाइडबडीमा देउवा पनि” शीर्षकको मुख्य समाचार प्रकाशित ग¥यो । “२०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिस भएको निर्णय भएको र त्यसबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्त्व गरेको समाचार कान्तिपुरले प्रकाशित गरेको थियो ।

अनियमितताको विषयमा कान्तिपुरले त्रिभुवन विश्वविद्यालयको १ हजार २०० रोपनी जग्गा कसरी विभिन्न संस्थाले बाँडचुँड गरेर लिएका छन् भन्ने समाचार प्रकाशित गरेको छ । विभिन्न समयमा यस विषयमा समाचार आइरहेको भए पनि विश्वविद्यालयको जग्गा त्रिविका उच्च पदस्थ व्यक्तिको राजनीतिक सुरक्षाका लागि बाँडिने क्रम रोकिएको छैन । विसं २०३३ सालसम्म त्रिविसँग ३ हजार ७ सय रोपनी जग्गा रहेकोमा अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी रहेको कान्तिपुरको समाचारले जनाएको छ । कान्तिपुरका मकर श्रेष्ठले लेखेको सो समाचारको अर्को खण्ड पनि कान्तिपुरले शुक्रवार प्रकाशित गरेको छ । शुक्रवारको अंकमा कसरी नेकपाका सांसदसमेत रहेका कृष्णगोपाल श्रेष्ठले जबर्जस्ती त्रिविको जग्गाबाट बाटो खोलेका थिए र अहिले उनी नै कसरी चारैतिर पर्खाल लगाएर विश्वविद्यालयको जग्गाको सुरक्षा गर्नुपर्छ भन्दैछन् भन्ने समाचार छ ।

यी मुख्य भ्रष्टाचारका मुद्दाका साथै अख्तियारले सहसचिव एवं यातायात कार्यालयका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध विशेष अदालतमा अकुत सम्पत्तिको मुद्दा दायर गरेको समाचार गोरखापत्र, राजधानी तथा अन्नपूर्ण पोस्टले प्रकाशित गरे ।

त्यस्तै अन्नपूर्ण पोस्टमा राजेश वर्माले सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले रकमको चलखेल गर्ने ठेकेदार कम्पनीलाई आफूखुसी म्याद थप्दै आएको भन्दै मलको आपूर्तिमा लाखौं डलर घोटाला भएको समाचार प्रकाशित गरेको छ ।

फुट्यो विवेकशील साझा

उज्ज्वल थापाको विवेकशील नेपाली तथा रवीन्द्र मिश्रको नेतृत्वमा खुलेको साझा दलबीच १७ महिना अघि एकीकरण भएर निर्माण भएको विवेकशील साझा दल अन्नतः फुटेको छ । गत शुक्रवार उज्ज्वल थापा समूहले संयुक्त पार्टीको नेतृत्वले समाज बदल्नका लागि थालेको राजनीतिलाई नेतृत्वले पूरा गर्ने छाँट नल्याएको वक्तव्य दिएर दल फुटाएको छ । यो समाचारलाई कान्तिपुरले प्रथम पृष्ठको उपल्लो स्थान दिएको छ । नयाँ पत्रिकाले एन्करमा यो समाचारलाई राखे पनि फुटको सुरुवात राष्ट्रिय सभाको निर्वाचनमा भएको विवाददेखि भएको खुलासा पनि गरेको छ । राजधानीले नयाँ दलको नाम विवेकशील नेपाली दलहुने समाचारसहित प्रथम पृष्ठमा समाचार प्रकाशित गरेको छ ।

अन्य समाचार

नयाँ पत्रिकाले मंगलवारको अंकमा राष्ट्रिय गौरवका आयोजनाको अवस्था कस्तो रहेको छ भन्ने चार्टसहितको समाचार सशक्त ढंगले प्रस्तुत गरेको छ । समाचारअनुसार सिक्टा सिंचाइको लागत दोब्बर भएको र निर्धारित म्यादमा ५ वर्ष थप भएको छ । माथिल्लो तामाकोसी, हुलाकी राजमार्ग, बबई सिंचाइ आयोजना, बूढीगण्डकी तथा फास्ट ट्रयाकको अवस्था पनि त्यस्तै रहेको चार्ट प्रकाशित गरेको छ ।

नेपाली कांग्रेसको छाया सरकार पनि गएको साता दैनिक पत्रिकाको समाचार सामग्री बनेको छ । त्यस्तै गत सातादेखि डा. गोविन्द केसी १६ औं पल्ट अनशनमा बसेका छन् । यो समचारलाई करिब सबै दैनिक पत्रिकाले मुख्य समाचार बनाएका छन् ।

बाजुरामा एक महिला रजस्वला भएको बेला दुई छोरा लिएर छुट्टै बस्ने छाप्रोमा बस्न गएको बेला निसासिएर तीनै जनाको मृत्यु भएको समाचारले विश्वभरका सञ्चार माध्यमको ध्यान आकृष्ट गरेको छ । नेविसंघको महधिवेशन हुन नसकेको विषयमा पनि शुक्रवार हिमालय टाइम्स र राजधानीले समाचार प्रकाशित गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC