site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाइडबडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डको संलग्नता छ : देउवा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा सत्तारुढ ने क पाका दुवै अध्यक्षको संलग्नता रहेको दाबी गरेका छन् । 
नेपाल प्रेस यूनियन कैलालीले सोमबार बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले वाइडबडी विमान घोटाला प्रकरणमा प्रधानमन्त्रीसमेत रहेका ने क पाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संलग्नता रहेको दाबी गरेका हुन् । 
उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले जहाज खरिदका लागि पहल गरेको र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय गरेको बताए । ‘‘वाइडबडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डजीको प्रत्यक्ष संलग्नता छ । ओली प्रधानमन्त्री भएको बेला सरकारले जहाज खरिदका लागि उपसमिति गठन गरेको हो । प्रचण्ड प्रधानमन्त्री भएका बेला जमानत बसेर बोलपत्र खरिद गर्ने सरकारले निर्णय गरेको थियो,’’ कांग्रेस सभापति देउवाले भने ।  
उनले वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्दै आफ्नो नाम जोडेर अन्याय गरिएको गुनासो गरे । ‘‘०७४ सालमा म प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालय खाली थिए । त्यो बेला जहाज खरिदका लागि भुक्तानी दिइएको भन्दै मेरो नाम जोडिएको छ । त्यसबारे मलाई केही थाहा छैन,’’ देउवाले पत्रकार सम्मेलनमा भने ।
तत्कालीन सरकारले मन्त्रीस्तरीय निर्णय गरेको देखिए आफूलाई मुछ्नु स्वाभाविक भएको भन्दै उनले वाइडबडी विमान घोटाला प्रकरणमा आफू निर्दाेष रहेको प्रष्टिकरण दिए । ‘‘खाली रहेका १८ मन्त्रालयमा कहाँ के हुन्छ मलाई के थाहा हुनु र ? कसरी थाहा पाउनु ? ‘यदि मैले मन्त्रीस्तरीय निर्णय गरेको भए म दोषी हुन्थे, मलाई केही थाहै छैन । कसरी मेरो सलग्नता हुन्छ ?’ देउवाले प्रश्न गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC